Homeझापाझापा गाउँपालिकाका नीति तथा कार्यक्रम शिक्षा, स्वास्थ्य,कृषिमा जोड

झापा गाउँपालिकाका नीति तथा कार्यक्रम शिक्षा, स्वास्थ्य,कृषिमा जोड

टाघनडुब्बा ८ असार । स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम सार्वजनिक गरेको झापा गाउँपालिकाले संघीय सरकारको सहाकर्यमा टाघनडुब्बाको अस्पतालको स्तरोन्ती गरी १५ शैया वेड क्षमताको अस्पताल निर्माण, स्वास्थ्य चौकीहरुको भौतिक पूर्वाधार सुधार गर्नुका साथै पर्याप्त औषधीको सुनिश्चितता, सर्पदंश सम्बन्धी सहज उपचारको व्यवस्था, गाउँपालिकाभित्रका सबैलाई निःशुल्क ब्लडको व्यवस्था, कोरोना रोकथाम तथा नियन्त्रण लगायतका कार्यक्रम अघि बढाइने भएको छ ।
त्यसैगरी सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि शैक्षिक सुधार कार्यक्रम, सबै विद्यालयमा इनटरनेट तथा कम्युटरको पहुँच स्थापित गर्ने, गाउँपालिकाभित्रका सबै बालबालिकालाई विद्यालय पहुँचभित्र ल्याउने, शक्षक र प्रधानाध्यापकहरुलाईको कार्यसम्पादन मूल्याङ्कन शैक्षिक नतिजामा आधारित बनाइने, गाउँपालिकाको शिक्षा ऐन तथा नियमावली तर्जुमा गरि कार्यान्वयनमा लगायत विविध कार्यक्रमहरु समेटेको छ ।
कृषि क्षेत्रको आधुनीकिकरण गर्दै आत्मनिर्भरताका लागि अनुदान, रासायनिक विषादीको प्रयोगमा कमी ल्याउने, माटो परीक्षण शिबिर सञ्चालन, धान तथा मकै जोन, कृषिमा सहकार्य साझेदारीका लागि सहुलियतपूर्ण अनुदान,बैदेशिक रोजगारीबाट फर्किएका युवा लक्षित कृषि तथा पशुपालन, कृषि सडक निणर्यको निरन्तरता दिने भएको छ । ‘जहाँ खेति त्यहाँ पोल’ नाराका साथ सिंचाई कार्यक्रमलाई अघि बढाउने नीति लिएको गाउँपालिकाले फुस हटाऔं, टिन लगाऔं’ कार्यक्रमलाई निरन्तरता दिने भएको छ भने कोरोना संक्रमणका कारण घोषणा गर्न नसकिएको उज्यालो गाउँपालिका यही महिनाको अन्तिम वा साउनको १५ सम्ममा घोषणा गर्ने तयारी गरेको अध्यक्ष जयनारायण साहले जानकारी दिनुभयो ।
युवा तथा खेलकुद कार्यक्रम अन्तरगत गाउँपालिकाले उद्यमशील बन्न चाहने युवाहरुलाई मागमा आधारित तालिम दिने, वैदेशिक रोजगारीबाट फर्किएका युवाको सिप, दक्षता र क्रियशिलताको पहिचान गरि स्वरोजगार कार्यक्रम संचालन गर्ने, प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फतलाई युवाहरुको परिचालन लगायत विविध लक्ष्य राखेको गाउँपालिकाले । रानी वन खेल मैदान, जनता मा.वि. को खेल मैदानलाई थप व्यवस्थित बनाउनुका साथै खेलकुद ग्राम निर्माणको लागि पहल गर्ने भएको छ  ।
अध्यक्ष कप फुटबल, भलिबल तथा क्रिकेट प्रतियोगितालाई निरन्तरता दिनुका साथै महिलाहरुलाई समेत खेलकुदमा आकर्षण गर्न उपाध्यक्ष खेलकुद कार्यक्रमहरु संचालन गर्ने गाउँपालिकाका अध्यक्ष जयनारायण साहले जानकारी दिनुभयो ।
त्यस्तै शुद्ध पिउने पानीको उपलब्धताका लागि खानोपानी आयोजनाहरुको सुरुवात गर्ने तथा फोहोर मैला व्यवस्थापनका लागि डम्पिङ साइडको खोजी गर्नुका साथै सरसफाई अभियानको थालनी गर्ने भएको छ ।
‘झापाका नारी पुरुष झैं बराबरी भन्ने नाराका साथ प्रत्येक विकासका क्रियाकलापमा महिला सहभागितालाई प्राथमिकता दिइने, उद्योग सञ्चालन गर्न करमा छुट, महिलामाथि हुने सबै प्रकारका विभेद अन्त्य, उपाध्यक्ष गर्भवति महिला, सुत्केरी सेवा तथा पोषण कार्यक्रमलाई निरन्तरता लगायतका काम गर्ने नीति लिएको गाउँपालिकाले बालबालिका, ज्येष्ठ नागरिक, आदिवासी जनजाति, दलित सम्बन्धी नीति,अपाङ्गता, यौनिक, लैगिक अल्पसंख्यक, खस आर्य, संस्कृति प्रवद्र्धन तथा सामाजिक उत्थान, सामाजिक मेलमिलाप तथा न्याय निरुपण, भूमी सम्बन्धी नीति, पूर्वाधार विकास, वन, वातारण तथा विपद व्यवस्थापन, संस्थागत विकास, सेवाप्रवाह र सुशासन कायम गर्नका लागि विविध कार्यक्रम गर्ने नीति लिएको उपाध्यक्ष कुन्तीदेवी बुढाथोकीद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । गाउँपालिकाले असार १० गते नीति तथा कार्यक्रममा आधारित रहेर बजेट ल्याउने तयारी गरेको बताइएको छ ।

गाउँपालिकाद्वारा प्रस्तुत नीति तथा कार्यक्रमको पूर्णपाठ

झापा गाउँपालिकाका श्रद्धेय अध्यक्ष ज्यू,
गाउँपालिकाका सम्पूर्ण वडाध्यक्ष ज्यूहरु, कार्यपालिका सदस्य ज्यूहरु, गाउँसभाका सदस्यहरु, कार्यालयका कर्मचारीहरु, आँगन एफ.एम. साथै गाउँपालिकाको आधिकारिक फेसबुक पेज मार्फत संसारभर प्रत्यक्ष सुनिरहनुभएका एवं देखिरहनुभएका सम्पूर्ण नेपाली आमावुवा, दाजुभाइ तथा दिदिबहिनीहरु,
मुलुक संघीय शासन प्रणालीमार्फत गठित पहिलो स्थानीय सरकारको चौथो बार्षिक नीति तथा कार्यक्रम यहाँहरु माझ लिएर उपस्थित भएकी छु। मुलुकलाई यस अवस्थामा ल्याई पु¥याउन आफ्नो जीवनपर्यन्त योगदान गर्नुहुने सम्पूर्ण राजनीतिक दलका अग्रजहरु, विभिन्न आन्दोलन एवं संघर्षमा जीवनकोबलिदान गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात सहिदहरु, घाइते तथा बेपत्ता परिवारहरु, नागरिक समाज एवं परिवर्तनका सम्पूर्ण हिमायतीहरुप्रति विशेष सम्मान सहित स्मरण गर्न चाहन्छु। यति बेला विश्व मानव जातिको अस्तित्व नै खतरामा पर्ने गरि कोरोना भाइरसको संक्रमण व्याप्त छ । विश्व अर्थतन्त्र नै जोखिममा परेको छ। करोडौ मानिसहरु यसको संक्रमणमा रहेका छन भने लाखौँ मानिसहरुले आफ्नो अमूल्य जीवन गुमाइसक्नु भएको छ । यस सन्दर्भमा ज्यान गुमाउनु हुने सम्पूर्ण मानवजन र परिवारमा श्रद्धाञ्जली व्यक्त गर्दै शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु। साथै उपचारमा संलग्न सम्पूर्ण स्वास्थ्यकर्मी र व्यवस्थापनमा खटिनुभएका सबैप्रति उच्च सम्मान व्यक्त गर्न चाहन्छु ।
सभाध्यक्ष महोदय,
संकटको यस घडीमा थिलथिलिएको अर्थतन्त्रको साक्षी बन्दै यस गाउँपािलकाको भाग्य र भविष्यसँग जोडिएको गाउँपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा हामीमाझ अनेकौँ चुनौतीहरु आइपरेको यथार्थ छ । जसरी अँध्यारो रातपछि उज्यालो बिहान अवस्य आउँछ, त्यसैगरी हामीमाझको चुनौती पनि देश विकास एवं आत्मनिर्भरताको अभियानको एउटा ऐतिहासिक अवसरको रुपमा रहनेछ भन्ने मेरो विश्वास समेत व्यक्त गर्न चाहन्छु ।
सभाध्यक्ष महोदय
स्थानीय तहको निर्वाचन पश्चात स्थानीय सरकारको बागडोर सम्हालेको ३ वर्ष पूरा भई चौथो वर्षमा प्रवेश गरेको छ । संघीय सरकार, प्रदेश सरकारबाट प्राप्त न्यून अनुदान एवं यस गाउँपालिकाको सिमित आयस्रोतका बावजुत हामीले निर्वाचनमा बाँडेका विकासका सपनाहरु पुरा हँुदै गएका छन् । आम नागरिकमा हामीले पु¥याएका सेवा एवं विकासका योजना तथा कार्यक्रमले दैनिकी फेरिदै गएको महसुस भएको छ । अल्मलिएको विकास प्रक्रियाले गति लिएको छ भने नागरिकका विकासप्रतिको चासो बढेको छ । हिजोका दिनमा हजारका योजनामा चित्त बुझाउने हामी झापाबासी आज करोडौका योजना आाफै संचालन गरिरहेका छौँ । यो सबै तपाइ हाम्रो विकासप्रतिको लगाव, परिवर्तनको प्रतिफल एवं नागरिकको चाहनाबाटै सम्भव भएको छ । यसका लागि योगदान गर्ने संघीय सरकार, प्रदेश सरकार, विकासका साझेदार संस्थाहरु, सम्पूर्ण राजनीतिक दलहरु एवं आम सर्वसाधारणहरुमा म हार्दिक धन्यवाद दिन चाहन्छु ।
सभाध्यक्ष महोदय,
पहिलो कार्यकालको उत्तरार्धमा प्रवेश गरिरहँदा हामीले अझै थुप्रै विकासका प्रतिफल दिनुपर्नेछ । विगतका तीन आर्थिक वर्षका सिकाई एवं अनुभवलाई गम्भीर रुपमा समिक्षा गर्दै आगामी दिनमा अझ गतिशील र दिगो विकास जनतालाई दिनु छ । यस सन्दर्भमा नै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम केन्द्रित रहेको विश्वास यहाँहरुमाझ दिलाउन चाहन्छु ।
नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन, संघीय एवं प्रदेश सरकारको नीति तथा कार्यक्रम, संघीय एवं प्रदेश सरकारको आवधिक योजना, नेपाल सरकारको राष्ट्रिय÷अन्तराष्ट्रिय जगतमा प्रतिवद्दता जनाएका विषयहरु, दिगो विकासको लक्ष्य, एवं आम झापा गाउँपालिकाबासी आमा–बुवा, दाजु–भाई तथा दिदी–बहिनीहरुले व्यक्त गर्नु भएको विकासका चाहना र आकांक्षाहरु नै यस नीति तथा कार्यक्रमका मार्गनिर्देशनहरु हुन् ।
सुगम जिल्लाको गरिब स्थानीय तहको रुपमा चिनिएको यस गाउँपालिकाका जनताको आवश्यकतालाई सम्बोधन गर्न छिटो र प्रतिफलयुक्त विकासलाई प्रवद्र्धन गर्न र न्यून स्रोतबाट अधिकतम क्षेत्र समेट्नु यस नीति तथा कार्यक्रमको मूख्य ध्येय रहेकोछ । कार्यान्वयन गर्न नसकिने प्रकृतिका विकासका योजना पेश गरी आम नागरिकमा भ्रम फैलाउनु र नीति तथा कार्यक्रमलाई विकासको मोटो कागजी दस्तावेज बनाउनु भन्दा कार्यान्वयन योग्य, संक्षिप्त कार्यक्रमको गोजी पात्रो बनाउनु यस नीति तथा कार्यक्रमको मूख्य लक्ष्य हो ।
सभाध्यक्ष महोदय एवं गाउ“सभा सदस्य ज्यूहरु,
झापा गाउँपालिकाको दृष्टि, कृषि, स्वास्थ्य र पूर्वाधार मार्फत समृद्धि भन्ने मूल नारामा केन्द्रित रहेर यस बर्षका सम्पूर्ण आर्थिक क्रियाकलापहरु सञ्चालन गरिनेछन् ।
अब म यस गाउ“पालिकाको आर्थिक वर्ष २०७७।७८ को बार्षिक नीति तथा कार्यक्रमहरु प्रस्तुत गर्ने अनुमति चाहन्छु ।
क. आर्थिक विकास
१. कृषि, पशु, बैंक तथा वित्तिय संस्था ः
– कृषि क्षेत्रको आधुनीकिकरण मार्फत गाउँपालिकाको आत्मनिर्भरतालाई सुनिश्चित गर्न विभिन्न अनुदानका कार्यक्रम सञ्चालन गरिनेछ ।
– रासायनिक विषादीको प्रयोगलाई न्यूनीकरण गर्न आवश्यक प्रवन्ध गरिनेछ ।
– माटो परीक्षण शिविर सञ्चालन गरिनेछ ।
–मकै पकेट जोनको रुपमा स्थापित यस गाउँपालिकाका किसानलाई आगामी वर्ष आधुनिक सीप, प्रविधि हस्तान्तरण गर्नुका साथै कृषकलाई कृषि औजार प्रदान गरिनेछ ।
– सहकारी संस्थाहरुको सहकार्य तथा साझेदारीमा सहुलियतपूर्ण अनुदानको व्यवस्था गरिनेछ ।
– वैदेशिक रोजगारबाट फर्किएका एवं स्वदेशमा नै बेरोजगारका रुपमा रहेका युवालाई कृषि तथा पशुपालन क्षेत्रमा आकर्षित गरिनेछ ।
– कृषि सडकको निर्माण कार्यलाई निरन्तरता दिइनेछ ।
– कृषि तथा पशुपालन क्षेत्रको विकासका लागि कृषकहरुलाई तालिम तथा क्षमता अभिवृद्धिका लागि कार्यक्रम सञ्चालनमा ल्याइनेछ ।
– कृषियोग्य भूमिमा कृषि सडक एवं विद्युत विस्तार गरिनेछ ।
– कृषकहरुलाई बिउबिजन तथा मलको आपूर्ति सहजताका लागि आवश्यक व्यवस्था गरिनेछ ।
– बैँक तथा वित्तिय संस्थाको कारोवार एवं सेवा प्रवाहलाई नियमन गरिनेछ साथै गाउँपालिकाको विकासमा हातेमालो गरिनेछ ।
– सहकारी संस्थाहरुको सहकार्यमा किसानहरुलाई अवलोकन भ्रमणमा समेत सहभागी बनाइनेछ ।
– छाडा पशु चौपायाहरुको व्यवस्थापनका लागि आवश्यक कदम चालिनेछ ।
– नश्ल सुधार कार्यक्रम सञ्चालन गरिनेछ ।
– कार्यालयमा कृषि तथा पशु क्षेत्रका प्राविधिक जनशक्ति थप गरि सेवा प्रवाह नियमित गरिनेछ ।
२. पर्यटन ः
– ऐतिहासिक रानीवन क्षेत्रलाई दक्षिण झापाको प्रमुख पर्यटकीय गन्तव्य स्थलको रुपमा विकास गर्न आवश्यक पहल गरिनेछ ।
– झापा जिल्लाको पुरानो सदरमुकामका रुपमा रहेको ऐतिहासिक झापाबजारको पर्यटकीय सम्भावना खोजी गरिनेछ ।
– स्थानीय भाष, संस्कृति, रहनसहन एवं सम्पदाको जगेर्ना गरि सांस्कृतिक मेला प्रदर्शनीको पहल गरिनेछ ।
– एक वडा एक नमुना पर्यटकीय स्थलको निर्माणको सुरुवात गरिनेछ ।
३. वित्तिय व्यवस्थापन ः
– गाउँपालिकाका सम्पूर्ण कारोबारलाई बैँकिङ प्रणालीमा आबद्ध गरिनेछ ।
– साना, ठूला सबै प्रकारका भुक्तानीहरुलाई बैँकिङ खातामार्फत भुक्तानीको प्रवन्ध गरिनेछ ।
– गाउँपालिकाका सबै व्यवसायी, उद्योगी, व्यपारी एवं सेवा प्रदायकलाई तोकिएको करको दायरामा ल्याइनेछ साथै कर छली गर्ने, करको दायरामा नआउनेलाई कारवाही गरिनेछ ।
– गाउँपालिकाका सबै योजना तथा कार्यक्रममा शुन्य पेश्कीको नीति निरन्तरता दिइनेछ ।
– वडा कार्यालयमार्फत हुने राजश्व संकलन नियमित गरिनेछ ।
ख. सामाजिक र सा“स्कृतिक विकास
१. शिक्षा ः

–सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि प्रत्येक वडाभित्र शैक्षिक सुधार अभियान चलाइनेछ ।
– नवनियुक्त शिक्षकहरुलाई सेवा प्रवेश तालिमको व्यवस्था गरिनेछ ।
– सबै विद्यालयमा इनटरनेट तथा कम्युटरको पहुँच पु¥याइनेछ ।
– विद्यालयको भौतिक संरचनालाई क्रमिक सुधार गर्दै लगिनेछ ।
– माध्यमिक तथा आधारभूत तहको नतिजा एव. समग्र विद्यालयको कार्यसम्पादन मूल्याङ्कन गरि उत्कृष्ट विद्यालय, व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक र विद्यार्थी छनौट गरिनेछ ।
– सामुृदायिक विद्यालयमा अध्ययनरत छात्रा, मुस्लिम समृुदायका छात्रा, प्राविधिक विषयमा उच्च शिक्षा अध्ययनरत विद्यार्थी लगायतलाई दिइदै आएको प्रोत्साहनका कार्यक्रमहरुलाई निरन्तरता दिइनेछ ।
– मदरसा, बाल विकास केन्द्रमा कार्यरत शिक्षक, शिक्षिकालाई दिइदै आएको प्रोत्साहन नियमित गरिनेछ ।
– गाउँपालिकाको शिक्षा ऐन तथा नियमावली तर्जुमा गरि कार्यान्वयनमा ल्याइनेछ ।
– शिक्षक र प्रधानाध्यापकहरुलाईको कार्यसम्पादन मूल्याङ्कन शैक्षिक नतिजामा आधारित बनाइनेछ ।
– विद्यालय व्यवस्थापन समितिलाई शिक्षा सुधारका लागि जिम्मेवार र जवाफदेही बनाइनेछ ।
– विद्यालय स्तरको परीक्षालाई थप व्यवस्थित बनाइनेछ ।
– खेलकुदका माध्यमबाट सिर्जनात्मक सिकाईलाई जोड दिइने व्यवस्था मिलाइनेछ ।
– कम विद्यार्थी संख्या भएका विद्यालयहरुको छनौट गरी सरोकारवालाहरुको सहमतीमा विद्यालय समायोजन कार्यलाई अघि बढाईनेछ ।
२. स्वास्थ्य ः
– कोरोना भाइरसको संक्रमणले गर्दा मानव जातिको अस्तित्व संकटमा परेको सन्दर्भमा स्वास्थ्य क्षेत्रको सुधारलाई आगामी आ.व. मा उच्च प्राथमिकतामा राखिनेछ ।
– संघीय सरकारको सहकार्यमा टाघनडुब्बा स्वास्थ्य चौकीलाई न्यूनतम १५ सैयाको अस्पतालमा स्तरोन्नती गर्ने लक्ष्य साथ निर्माण कार्य अघि बढाइनेछ ।
– स्वास्थ्य चौकी तथा आधारभूत सेवा केन्द्रहरुको भौतिक पक्षको सुधार गर्दै पर्याप्त औषधीहरुको सुनिश्चितता गरिनेछ ।
– विशेषज्ञ चिकितसकहरुको उपस्थितिमा एकिकृत घुम्ती शिविर संचालन गरिनेछ ।
– विपन्न नागरिकको उपचारका लागि स्थापना गरिएको जनता उपचार कोषमार्फत सहायता नियमित गरिनेछ ।
– सर्पदंश सम्बन्धी चेतनामूलक कार्यक्रम संचालन गर्दै निशुल्क उपचारको व्यवस्था मिलाइनेछ ।
– टाघनडुब्बा स्वास्थ्य चौकीमा ल्याब स्थापना गरि सेवा सुचारु गरिनेछ ।
– स्वास्थ्यकर्मीहरुलाई संघीय तथा प्रदेश सरकारको साझेदारी र समन्वयमा प्रोत्साहनको व्यवस्था गरिनेछ ।
– शारिरिक व्यायाम, योग, आराधनामार्फत स्वस्थ जीवनशैलीका लागि चेतनामूलक कार्यक्रममा विशेष जोड दिइनेछ साथै आगामी आ.व.को उपयुक्त समयमा योग शिविर संचालन गरिनेछ ।
– उपचारको क्रममा रगत अभाव हुने झापा गाउँपालिकाबासी जो कोहि विरामीलाई जिल्ला रेडक्रस शाखा झापाको समन्वयमा निशुल्क रगत उपलब्ध गराउन पहल गरिनेछ ।
– स्वास्थ्य क्षेत्रसँग सम्बन्धित अन्य विषयहरुलाई आवश्यकता एवं औचित्यताका आधारमा नियमित गर्दै लगिनेछ ।
– विश्व महामारीको रुपमा रहेको कोरोना भाइरसको नियन्त्रण तथा उपचारमा स्वास्थ्यकर्मी तथा विशेषज्ञहरुको सुझाव सल्लाह बमोजिम आवश्यक बजेट विनियोजन गरी कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रम अघि बढाइनेछ ।
३. युवा तथा खेलकुद ः
– युवा शक्ति परिचालन गरि विकास निर्माणका क्रियाकलापलाई तिव्रता दिइनेछ ।
– उद्यमशील बन्न चाहने युवाहरुलाई उनिहरुको मागमा आधारित तालिम संचालन गरिनेछ ।
– वैदेशिक रोजगारीबाट फर्किएका युवाको सिप, दक्षता र क्रियशिलताको पहिचान गरि स्वरोजगार कार्यक्रम संचालन गरिनेछ ।
– प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फतलाई युवाहरुको परिचालन गरिनेछ ।
– खेलकुदका माध्यमबाट युवा शक्तिलाई एकीकृत गर्न र विकासमा परिचालन गर्न खेलकुद क्षेत्रमा जोड दिइनेछ ।
– अधिकार सम्पन्न झापा गाउँपालिका खेलकुद समिति गठन गरि सोही समिति मार्फत समग्र खेलकुदको क्रियाकलाप अगाडी बढाइनेछ ।
– खेलकुदका माध्यमबाट गाउँपालिकाको चिनारी अभिवृद्धि गर्ने खेलाडी तथा संस्थालाई प्रोत्साहन गरिनेछ ।
– रानी वन खेल मैदान, जनता मा.वि. को खेल मैदानलाई थप व्यवस्थित बनाइनेछ साथै खेलकुद ग्राम निर्माणको लागि पहल गरिनेछ ।
– गाउँपालिकाको चिनारीको रुपमा रहेको अध्यक्ष कप फुटबल, भलिबल तथा क्रिकेट प्रतियोगिता नियमित गरिनेछ ।
– महिलाहरुलाई समेत खेलकुदमा आकर्षण गर्न उपाध्यक्ष खेलकुद कार्यक्रमहरु संचालन गरिनेछ ।
४. खानेपानी तथा सरसफाई ः
– गाउँपालिका क्षेत्रका प्रमुख बजारहरुमा शुद्ध खानेपानीको प्रत्याभूति दिलाउन खानेपानी आयोजनाको सुरुवात गरिनेछ । साथै अन्य क्षेत्रमा समेत खाने÷पिउने पानीको शुद्धता र गुणस्तर मापन गरिनेछ ।
– प्रमुख बजारहरुमा निस्कने फोहोरमैलाको व्यवस्थापनका लागि डम्पिङ साइटको खोजी गरिनेछ, भने तत्कालै बजारहरुमा फोहोरमैला एकिकृत गर्न आवश्यक व्यवस्था गरिनेछ । सुरक्षा निकाय, नागरिक समाज एवं बजार व्यवस्थापन समितिको सहकार्यमा नियमित रुपमा सरसफाई अभियानको सुरुवात गरिनेछ ।
५. महिला विकास ः
– झापाका नारी, पुरष झैँ बराबरी नाराका साथमा प्रत्येक विकासका क्रियाकलापमा महिला सहभागितालाई प्राथमिकता दिइनेछ । महिलाका नाममा व्यवसाय, उद्योग सञ्चालन गर्दा बार्षिक करमा विशेष छुट दिइनेछ ।
– आर्थिक, सामाजिक रुपले विपन्न महिलाहरुको उत्थान, सशक्तिकरण एव. मूलप्रवाहीकरणका लािग क्षमतामूलक कार्यक्रम संचालन गरिनेछ ।
– महिलाहरुको स्वास्थ्य प्रति संवेदनशिल रहँदै आवश्यक नियमित स्वास्थ्योपचारको व्यवस्था गरिनेछ । उपाध्यक्ष गर्भवति महिला, सुत्केरी सेवा तथा पोषण कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
– वडा तर्फको कुनै १ योजना महिला मात्रको सहभागिता र अगुवाइमा संचालन गरिनेछ ।
– महिलामाथि हुने सबै प्रकारका विभेद अन्त्य गर्दै समाजिक काममा महिलाको प्रतिनिधित्व सुनिश्चित गरिनेछ ।
६. बालबालिका ः
– आजका बालबालिका भोलिका कर्णधारको रुपमा लिँदै गाउँपालिकाका सम्पूर्ण बालबालिकालाई विद्यालयको पहुँच सुनिश्चितता गरिनेछ ।
– बालमैत्री सेवा प्रवाह सुनिश्चित गर्दै गाउँपालिकाका हरेक वडामा बालक्लब गठन गरि क्रियाकलाप नियमित गर्न प्रोत्साहन गरिनेछ ।
– सबै बालबालिकालाई आधारभूत एवं नियमित स्वास्थ्य सेवाको पहँुच सुनिश्चित गरिनेछ ।
– गाउँपालिकाको विकास प्रक्रिया एवं जिज्ञासा सुन्न र बुझ्न आवधिक रुपमा अध्यक्ष तथा उपाध्यक्षसँग बालबालिका कार्यक्रम संचालन गरिनेछ ।
– बाल विकास केन्द्रको सबलीकरणमा जोड दिइनेछ ।
– गाउँपालिका क्षेत्रभित्रका अनाथ बालबालिकाहरुको गाँस, बास र कपास सहित अन्य आधारभूत आवश्यकताहरुको प्रत्याभूती गराउन अनाथ बालबालिका विशेष कार्यक्रम संचालन गरिने छ ।
७. ज्येष्ठ नागरिक ः
– ज्येष्ठ नागरिकहरुको सीप, ज्ञान एवं अनुभवलाई गाउँपालिकाको विकासको आधारका रुपमा लिंदै प्रत्येक वडामा ज्येष्ठ नागरिक आरोग्य चौतारीको निर्माणका लािग पहल गरिने छ ।
– ज्येष्ठ नागििरकहरुको सम्मानमा गाउँपालिकाले सुरुवात गरेको प्रोत्साहनलाई निरन्तरता दिइने छ ।
– ज्येष्ठ नागरिक परिचालन वितरणलाई घरदैलोसम्म पुग्ने व्यवस्था मिलाइने छ ।
– धार्मिक यात्रा तथा तिर्थाटन एव. स्वास्थोपाचारमा उचित प्रोत्साहन गरिनेछ ।
– ज्येष्ठ नागरिकका ऐतिहासिक अनुभव तथा सीपको आदानप्रदान गर्न तथा भलाकुसारीका लागि वडास्तरमा अन्तक्र्रियात्मक कार्यक्रम संचालन गरिनेछ ।
८. आदिवासी, जनजाति, दलित सम्बन्धी नीति ः
– सबै जनजातिको कला, भाषा, धर्म, संस्कृति एवं समुदायको रीतिथिति, रहनसहन तथा धार्मिक आस्थाको संरक्षण सम्बद्र्धन एवं जगेर्ना गर्न गाउँपालिकाले आवश्यक सहयोग गर्नेछ ।
– संविधान एवं कानूनले सिर्जना गरेको आधारभूत मौलिक हकको सम्मान गर्दै सबै समुदायको समन्यायिक विकासमा जोड दिईनेछ ।
– विपन्न वर्गका मुस्लिम, मधेशी तथा दलित समुदायका विद्यार्थीलाई शैक्षिक उन्नयनमा प्रोत्साहन गरिनेछ ।
– गाउँपालिकाबाट सिर्जित रोजगारी तथा स्वरोजगारीका अवसरमा आदिवासी, जनजाति, मधेशी मुस्लिम तथा दलित समुदायलाई उनीहरुको क्षमता एवं दक्षताका आधारमा जोड दिइनेछ ।
– दलित समुदायको व्यवसाय, व्यापार सम्बन्धी करमा विशेष छुटको व्यवस्था गरिनेछ ।
– आदिवासी जनजाति, मधेशी, मुस्लिम लगायतका समुदायको विशेष पर्व तथा उत्सवमा स्थानीय सार्वजनिक विदा दिइनेछ भने दिवसका कार्यक्रममा प्रोत्साहन गरिनेछ ।
९. अपाङ्गता सम्बन्धी नीति ः
– गाउँपालिकाको कार्यालय तथा मातहतका सबै शाखा, वडा कार्यालय एवं स्वास्थ्य संस्थाहरुमा अपाङ्गतामैत्री सेवा प्रवाहको सुनिश्चितता गरिनेछ ।
– गाउँपालिकाका सबै भौतिक संरचना अपाङ्गमैत्री बनाइनेछ ।
– अपाङ्गता परिचयपत्र वितरणलाई नियमित र प्रभावकारी बनाइनेछ ।
– तोकिएमा बाहेक गाउँपालिकाबाट प्रदान गरिने अन्य सबै सेवाहरु निशुल्क रुपमा प्रदान गरिनेछ ।
– अपाङ्गता लक्षित कार्यक्रमहरुलाई नियमित गरिनेछ ।
१०. यौनिक, लैगिक अल्पसंख्यक, खस आर्य सम्बन्धी नीति ः
– रोजगारी तथा स्वरोजगारुको समान अवसरमा सबैलाई समान पहँुच पु¥याइनेछ ।
– विकासात्मक गतिविधिमा समानुपातिक सहभागिता सुनिश्चित गरिनेछ ।
– यौनिक तथा लैगिक अल्पसंख्यकद्धारा संचालित व्यवसाय दर्ता र नवीकरणमा ५० प्रतिशत छुट दिइनेछ ।
– आर्थिक रुपले विपन्न खस आर्यका सन्ततीलाई शैक्षिक छात्रवृत्ति प्रदान गरिनेछ ।
११. संस्कृति प्रवद्र्धन तथा सामाजिक उत्थान ः
–गाउँपालिका क्षेत्र भित्रका स्थायी नागरिकको मृत्यु भई परिवारका सदस्य समयमै मृत्यु दर्ता गर्न आएमा मृत्यु संस्कार सहयोग उपलब्ध गराइनेछ ।
१२. सामाजिक मेलमिलाप तथा न्याय निरुपण ः
– सामाजिक विवाद तथा द्धन्द्ध न्यूनिकरण एवं न्यायिक निरुपणका लागि न्यायिक समिति मार्फत विभिन्न कार्यक्रमहरु संचालन गरिनेछ ।
– हरेका वडामा मेलमिलाप समितिहरुको गठन र मेलमिलापकर्ताहरुको सहजीकरणमा स्थानीय विवादहरुको न्यायोचित समाधान गरिनेछ ।
– विभेदरहित, शान्त, सुरक्षित र सहिष्णु समाजको निर्माणमा न्यायिक समितिको सक्रियता बढाइनेछ ।
१३. भूमी सम्बन्धी नीति ः
– गाउँपालिका भित्र रहेका सार्वजनिक तथा सरकारी जग्गाको लगत संकलन गरी व्यवस्थित उपयोग र संरक्षण गरिनेछ ।
– ऐलानी तथा पर्ती जमिनको सम्बन्धमा राष्टिूय सुकुम्बासी आयोगसँगको समन्वयमा त्यस्ता जग्गाको उचित व्यवस्थापन गरिनेछ ।
ग. पूर्वाधार विकास
– गाउँपालिकाको समग्र विकासलाई सन्तुलित,दिगो , तथा समावेशी बनाइनेछ । आगामी आर्थिक वर्षदेखि गाउँपालिकाको आवधिक योजना तर्जुमा गरि सोही बमोजिम विकासका क्रियाकलाप संचालन गरिनेछ ।
– उपभोक्ता समितिद्धारा संचालन हुने लागत सहभागिता (श्रमदान) लाई व्यवहारिक र अनिवार्य बनाइनेछ ।
– आगामी आ.व. भित्र गाउँपालिकाको कार्यालय भवन तथा आफ्नो वडा कार्यालय भवन नभएका वडाका कार्यालय भवन निर्माण आरम्भ गरिनेछ ।
– उपभोक्ता समिति मार्फत संचालित योजनाहरुको कार्यान्वयनलाई सैद्धान्तिक बनाइने छ । योजनाको अनुगमनलाई कडाई गरिनेछ । विगत र चालु आ.व. मा संचालित र सम्पन्न योजनाको वर्तमान अवस्था आकलन गरी उपभोक्ता समितिलाई उक्त योजनाको संरक्षण र संवद्र्धनमा जिम्मेवार बनाइने छ । एकै योजनामा पटक पटक बजेट माग गर्ने प्रवृत्ति निरुत्साहित गरिनेछ ।
– अमरपथ सडक कालोपत्रेको कार्यलाई यथाशीघ्र सम्पन्न गर्न प्रदेश सरकारसँग विशेष पहल समन्वय गरिनेछ ।
– चालु आ.व. देखि सुरुवात भएको झापा गौरवका आयोजनालाई आगामी आ.व. मा सम्पन्न गरिनेछ साथै आगामी आ.व मा समेत प्रत्येक वडामा न्यूनतम १÷१ वटा झापा गौरवका आयोजना स्वरुप कालोपत्रे सडक निर्माण कार्यको थालनी गरिनेछ ।
– रु. १० लाख भन्दा बढीका सबै प्रकारका योजनाहरु बोलपत्र ठेक्का प्रक्रियामार्फत संचालन गरिनेछ ।
– आगामी आ.व.को सुरुवातमा सबै वडामा र बस्तीमा विद्युतको पहँुच पु¥याई उज्यालो गाउँपालिका घोषणा गरिनेछ ।
– गाउँपालिकाका विपन्न समुदायको आवासका निर्माणका लागि साझेदारीमा आवास निर्माण कार्यक्रमलाई निरन्तरता दिईनेछ ।
– नदिनालाको तटबन्धन, सिचाई नहरहरुको व्यवस्थापनमा विशेष सहकार्य साथ कार्यक्रम संचालन गरिनेछ ।
– गाउँपालिकाका मूख्य बजार क्षेत्रहरुमा सौर्यबत्ती जडान कार्य थालनी गरिनेछ ।
– सडकको खाल्डाखुल्डी पुर्ने एवं ग्रावेलिङका नाममा हुने बजेट चुवाहटलाई नियमन गरि स्तरीय ग्रावेलका लागि उपभोक्ता समितिलाई जिम्मेवार बनाइनेछ । साझेदारीमा सुरक्षित र दिगो सडक निर्माणमा जोड दिईनेछ ।
– गाउँपालिका क्षेत्रभित्र संघीय सरकार तथा प्रदेश सरकारबाट संचालित पूर्वाधार विकासका आयोजनाहरुलाई समयमा नै सम्पन्न गर्न सम्बन्धित पक्षलाई जिम्मेवार बनाइनेछ । साथै थप योजनाका लागि निरन्तर संवाद र सहकार्य गरिनेछ ।
घ. वन, वातारण तथा विपद व्यवस्थापन
– वातावरण मैत्री विकासलाई केन्द्रविन्दुमा राखेर विकासका योजना संचालन गरिनेछ ।
– गौरवका आयोजना अन्तर्गतका कालोपत्रे सडकको दायाँबायाँ वृक्षारोपण कार्यको थालनी गरिनेछ र सडक कालोपत्रे हुनु अघि नै यस कार्यका लागि सडक विस्तार गरिनेछ ।
– स्थानीय बजारको सरसफाइलाई नियमित गरिनेछ ।
– प्राकृतिक एवं मानव सिर्जित विपदको जोखिम न्यूनिकरण तथा प्रतिकार्य योजना तर्जुमा गरिनेछ र यसका लागि आवश्यक प्रबन्ध गरिनेछ ।
– विपद व्यवस्थापन कोषमा आवश्यक स्रोतको व्यवस्थापन गरिनेछ ।
– बाढी, आगलागी, चट्याङ लगायतको जोखिमबाट समुदायलाई जोगाउन चेतनामूलक कार्यक्रम सतर्कताका उपायहरुको बन्दोबस्त गरिनेछ ।
– खाली जग्गा, सार्वजनिक जग्गा र नदी किनार आसपासका जग्गामा वृक्षारोपण गर्ने कार्य अभियान कै रुपमा अघि बढाइनेछ ।
– वातावरण संरक्षणका लागि हरित अर्थतन्त्रमा जोड दिइनेछ ।
ङ. संस्थागत विकास, सेवाप्रवाह र सुशासन ः
– सार्वजनिक प्रशासन सेवाप्रवाह र सुशासनलाई चुस्त दुरुस्त बनाउन समय सापेक्ष, प्रविधिमैत्री बनाउँदै सेवा प्रवाहलाई जन अपेक्षा अनुरुप छिटो, छरितो, सुलभ, सरल, उच्च गुणस्तरिय साथै प्रभावकारी ढंगले सञ्चालन गरिनेछ ।
– विषयगत शाखाका कामकारवाहीलाई प्रभावकारी बनाइनेछ ।
– नमुना, योग्य र अनुकरणीय विकास प्रणाली अवलम्बन गर्न अन्य स्थानीय तहको अध्ययन भ्रमण गरी गाउँपालिकाको विकास र समृद्धिका लागि आवश्यक पृष्ठपोषण लिइनेछ ।
– उपभोक्ता हित संरक्षणका लागि आगामी आ.व.देखी बजार अनुगमनलाई नियमित गरिनेछ ।
– सामाजिक सुरक्षा भत्ता वितरण प्रणालीलाई थप व्यवस्थित बनाइने छ ।
– गाउँपालिका क्षेत्र भित्र शान्ती सुरक्षाको स्थितिलाई रुपमा लिँदै नागरिक सुरक्षा र शान्ती कायम गर्न कुनै कसर बाँकी राखिने छैन । गाउँसभा तथा गाउँकार्यपालिकाको निर्णयानुसार विनियोजित योजना तथा कार्यक्रमको कार्यान्वयनमा बाधाव्यवधान उत्पन्न गर्ने, गराउन खोज्ने व्यक्ति, परिवार वा समुदायलाई कारवाही गरिनेछ र सोको समेत निजबाट शोधभर्ना लिईनेछ ।
– जनताको घरदैलोमा सेवा पु¥याउन समय समयमा अन्य निकायसँग समन्वय गरी एकिकृत घुम्ती शिविर सञ्चालन गरिनेछ ।
– नागरिकको सूचनाको हकलाई सम्मान गर्न साथै छिटो सेवा प्रवाह सुनिश्चित गर्न अभिलेख व्यवस्थापनलाई विशेष जोड दिइनेछ ।
– सेवा प्रवाहमा सुशासन कायम गर्न, भ्रष्टाचार र अनियमितता विरुद्ध शुन्य सहनशिलता अवलम्बन गर्दै कर्मचारीको मनोबल बढाउन आवश्यक व्यवस्था गरिनेछ । कर्मचारीको क्षमता अभिवृद्धिका लागि आवश्यक तालिमको व्यवस्था एवं अन्य कार्यक्रमहरुको संचालन गरिनेछ । साथै कार्य बोझका आधारमा एवं कार्य सम्पादन क्षमतानुसार कर्मचारहरुलाई पुरस्कार तथा प्रोत्साहनको व्यवस्था गरिनेछ ।
– सहभागितमूलक योजना अवलम्बन गर्दै यस गाउँपालिकाको विकासमा विकासका सबै साझेदारहरुलाई स्वागत गरी विकासलाई साझेदारीमा अगाडी बढाउने नीति अख्तियार गरिनेछ ।
– आगामी आ.व.को सुरुवातामा नै आगामी वर्ष संचालन गरिने योजना कार्यान्वयनका सम्बन्धमा प्रत्येक वडामा उपभोक्ता समिति एवं सबैको सहभागितामा अभिमूखिकरण कार्यक्रम संचालन गरिनेछ । उत्कृष्ट काम गर्ने उपभोक्ता समितिलाई सम्मानको व्यवस्था गरिनेछ । निर्धारित समयभित्र काम सम्पन्न नगर्ने उपभोक्ता समिति वा निर्माण कम्पनी वा अन्य संस्थालाई कारवाही गरिनेछ ।
– आन्तरिक आय प्रवद्र्धनका लागि निर्मित कानून र कार्यविधिको प्रभावकारी कार्यान्वयन गरिनेछ ।
– गाउँकार्यपालिकाको समग्र विकासका लागि सहायता जुटाउन संघीय र प्रदेश सरकार, दातृ निकाय, कुटनीतिक नियोग, समाजसेवी, साझेदार संस्था सबैसँग निरन्तर सहकार्य गरिनेछ ।
– विकास योजनलाई सहभागितामूलक बनाउन र लागत कम गरी उच्चतम विकास हासिल गर्न समपूरक कोषमार्फत विभिन्न योजनाहरु संचालनमा ल्याइनेछ ।
– अनुगमन तथा मूल्यांकन कार्यलाई नियमित, व्यवहारिक, वास्तविक, नतिजामुखी र मापनयोग्य बनाइने छ ।
– सेवा वडापत्रको व्यवस्थापन, व्यवस्थित सूचना प्रणाली, सार्वजनिक सुनुवाई, सामाजिक परिक्षण लगायतका विषयलाई व्यवस्थित तुल्याइने छ ।
– गाउँकार्यपालिकाको कार्यालय, विषयगत शाखा तथा वडा कार्यालयमा कार्यरत कर्मचारीको दरबन्दी पुनरावलोकन गरी नपुग जनशक्तिको व्यवस्थापन गरिनेछ ।
– मौजुदा नीति नियम तथा सेवा प्रवाहको प्रक्रियाका सन्दर्भमा जनप्रतिनिधि तथा कर्मचारी बिच अन्तक्र्रियात्मक अभिमूखिकरण कार्यक्रम संचालन गरिरनेछ ।
– समान कामका लागि समान ज्यालाको मान्यता अनुरुप कर्मचारीको सेवा सुविधामा एकरुपता ल्याइनेछ ।
– सेवाग्राही सन्तुष्टी सर्वेक्षणमार्फत कर्मचारीको कार्यसम्पादन मूल्यांकन गरिनेछ ।
आदरणीय सभाध्यक्ष महोदय,
गाउँपालिकाको समग्र विकास र समृद्धिका लागि यस नीति तथा
कार्यक्रममा समेटिएका विषयहरुको कार्यान्वयन महत्वपूर्ण हुन्छ । स्थानीय तहको निर्वाचनमार्फत यस गाउँपालिकाको समग्र विकास र समृद्धिको गहन जिम्मेवारी आम नागरिकले हामीलाई सुम्पिनुभएको परिप्रेक्ष्यमा हामी सबै जनप्रतिनिधिहरु एक ठाउँमा उभिएर जनताका आवश्यकता परिपूर्तिमा लाग्नु हाम्रो निर्विकल्प जिम्मेवारी हो । यस जिम्मेवारलाई पूरा गर्न हाम्रा नीति, योजना तथा कार्यक्रमका लागि निरन्तर बजेट व्यवस्थापन गर्ने संघीय सरकार, प्रदेश सरकार, अन्य साझेदार निकाय, राष्ट्रिय÷अन्तराष्ट्रिय संघसंस्थाहरु एवं सल्लाह सुझाव दिनुहुने नागरिक समाज, राजनीतिक दलका मित्रहरु, पेशाकर्मी, बुद्धिजीवि एवं आम झापा गाउँपालिकाबासी महानुभावहरुमा आभार प्रकट गर्दछु ।
सर्वपक्षीय सुझावलाई समेटिएर प्रस्तुत भएको यस नीति तथा कार्यक्रममा उल्लेखित प्रतिबद्धताहरु आगामी बजेटबाट सम्बोधन हुने विश्वास लिएको छु । हाम्रै पालामा समृद्ध र आत्मनिर्भर झापा गाउँपालिका निर्माण सम्भव छ भन्ने विश्वासका साथ यस नीति तथा कार्यक्रमलाई प्रभावकारी कार्यान्वयनका लागि आ–आफ्नो ठाउँबाट सकारात्मक सहयोगको अपेक्षा राख्दछु । धन्यवाद ।
प्रस्तुतकर्ता
कुन्तीदेवि बुढाथोकी (उपाध्यक्ष)
झापा गाउँपालिका
मिति २०७७ असार ०६ गते

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
झापाझापा गाउँपालिकाका नीति तथा कार्यक्रम शिक्षा, स्वास्थ्य,कृषिमा जोड
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img