Homeसमाचार४ महिलासहित झापामा१८१ मा कोरोना संक्रमण, कुन स्थानीय तहमा कति ?

४ महिलासहित झापामा१८१ मा कोरोना संक्रमण, कुन स्थानीय तहमा कति ?

झापा ४ असार । बिहीबार थपिएका नयाँ दुईसहित झापामा कोरोना संक्रमितको संख्या १८१ पुगेको छ । बिहीबार झापा हल्दिबारी वडा नं–१ र ४ का दुई महिलामा संक्रमण पुष्टि भएसंगै संक्रमितको सख्या १८१ पुगेको जिल्ला स्वास्थ्य कार्यालय झापाका अधिकृत जीवन चौंलागाँईले जानकारी दिनुभयो । बिहीबार दुई महिलामा कोरोना संक्रमण पोजेटिभ देखिएसंगै झापामा कोरोनाबाट संक्रमित हुने महिलाको संख्या ४ पुगेको छ । यसअघि गौरादह र शिवसतासी नगरपालिकाका १/१ जना महिलामा कोरोना पुष्टि भइसकेको छ ।
कार्यालयको तथ्याङ्क अनुसार झापाका १५ वटा स्थानीय तहमध्ये सबैभन्दा धेरै कचनकवलमा १२८ जना कोरोना संक्रमित देखिएका छन् भने दोस्रोमा गौरीगञ्ज गाउँपालिकामा १६ जनामा संक्रमण देखिएको हो ।
त्यसैगरी बाह्रदशी गाउँपालिकाका–८, भद्रपुर नगरपालिका र बुद्धशान्ति गाउँपालिकाका–५/५ जना, गौरादह नगरपालिका र हल्दिवारी गाउँपालिकाका ४/४, मेचीनगर र कनकाई नगरपालिकाका ३/३ जना तथा अर्जुनधारा नगरपालिकाका २ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।
त्यस्तै कमल गाउँपाािलका, झापा गाउँपालिका, शिवसतासी र दमक नगरपालिकाका १/१ जनामा कोरोना देखिएको स्वास्थ्य कार्यालयका अधिकृत चौंलागाँईले जानकारी दिनुभयो ।
आज संक्रमित देखिएका दुई महिला पनि भारतबाट आएका हुन् । पछिल्लो समय संक्रमित देखिएका सबै भारतबाट आएर स्थानीय तहले बनाएका क्वारेन्टिनमा बसेकामा मात्र कोरोनाको संक्रमण देखिएकोले झापामा समुदाय सुरक्षित रहेको चौलागाँइले बताउनु भयो ।
झापाका कुल संक्रमित मध्ये १२५ जना कोरोना संक्रमणको उपचारपछि निको भएर घर फर्किएका छन् । देशभरमा विहीबारसम्ममा कोरोना उपचारपछि घर फर्कनेको संख्या १ हजार १८६ रहेको छ भने संक्रमितको संख्या ७ हजार ८४८ पुगेको छ । देशभर विहिबारमात्रै ६७१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ भने मृतकको संख्या २२ पुगेको छ । असार २ गते मृत्यु भएकी लम्कीचुहा–२ कैलालीकी एक महिलाको पिसिआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको छ भने कैलालीकै गोदावरीका हिजो निधन भएका एक पुरुषको पनि पिसिआर परीक्षण रिपोर्ट पोजेटिभ आएसंगै संक्रमितको संख्या २२ पुगेको जनाइएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचार४ महिलासहित झापामा१८१ मा कोरोना संक्रमण, कुन स्थानीय तहमा कति ?
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img