Homeसमाचारविर्तामोड–६ मा सामुदायिक स्वास्थ्य कार्यकर्ता तालिम सम्पन्न

विर्तामोड–६ मा सामुदायिक स्वास्थ्य कार्यकर्ता तालिम सम्पन्न

No description available.

विर्तामोड ४ असार । प्राथमिक उपचार घरैमा गर्न सकुन् भन्ने उद्देश्यले विर्तामोड नगरपालिका वडा नं.–६ र हरियाली वन उपभोक्ता समूहको सहकार्यमा सञ्चालित ३ महिने सामुदायिक स्वास्थ्य कार्यकर्ता तालिमको बिहीबार (आज) समापन गरिएको छ ।
वडाभित्रका विपन्न तथा आदिवासी, जनजाति र सन्थाल समुदायसहितको सहभागिता रहेको तालिम गत पुस देखि शुरु भएको थियो ।
३ महिने तालिमको कक्षा सञ्चालन गत चैतमै भएपनि कोरोना संक्रमण जोखिम न्यूनिकरणका लागि सरकारले गरेको लकडाउनका कारण औपचारिक रुपमा समापन गर्न थाँती रहेको तालिमका सहभागीहरुलाई प्रमाण पत्र र प्राथमिक उपचारसंग सम्बन्धित सामग्री वितरण गर्दै आज समापन गरिएको हो ।
वडा नं.–६ स्थित जलकन्या मन्दिर परिषरमा आयोजित तालिम समापन कार्यक्रममा प्रमुख अतिथि तथा वडाध्यक्ष सूर्य कन्दङ्वाले प्राथमिक उपचारबारे ज्ञान नहुँदा प्रेसर जचाउँन समेत स्वास्थ्य क्लिनिक, मेडिकल वा अस्पताल नै पुग्नुपर्ने बाध्यताको न्युनिकरण तथा आकस्मिक रुपमा हुने चोटपटकको प्राथमिक उपचार गाउँ घरमै गर्न सके संभावित दुर्घटनाबाट बच्न सकिने बताउँदै तालिममा सिकेको सिपलाई सदुपयोग गर्न आग्रह गर्नुभयो ।

मोर्डन पब्लिक हस्पिटल भद्रपुरका तर्फबाट प्राविधिक सहयोग रहेको तालिम समापन कार्यक्रममा सहभागीलाई प्रतिव्यक्ति ५ हजार मूल्य बराबरका स्वास्थ्य सामग्री प्रदान गरिएको थियो ।
हरियाली वन समूहकी अध्यक्ष कृष्णमाया चौधरीको अध्यक्षतामा सम्पन्न तालिम समापन कार्यक्रममा वडा महिला सदस्य पवित्रा कोइराला ढुङ्गानाले पछिल्लो समय उच्च रक्तचापको समस्या बढेपनि समयमै त्यसको पहिचान हुन नसक्दा मानिसको ज्यान नै जोखिममा पर्ने गरेको बताउँदै त्यस्ता समस्या समाधानमा तालिम उपयोगी हुने धारणा राख्नुभयो ।
डि एन राजवंशीले औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा सञ्चालन एन्बिन्द्र खत्रीले गर्नुभएको थियो भने तालिममा सहभागीकातर्फबाट सकुन्तला पौडेल र मित्र सापकोटाले तालिमको उपलब्धीबारे आ–आफ्नो धारणा राख्नु भएको थियो ।
१८ वर्ष उमेर माथिका ४० जना युवा युवतीको सहभागीता रहेको तालिमको सहजीकरण शुष्मा राईले गर्नुभएको बताइएको छ ।
तालिममा सहभागीलाई प्रमुख अतिथि तथा अतिथिहरुले प्रमाण पत्र तथा स्वास्थ्य सामग्री प्रदान वडा सदस्य पर्शुराम खनालले जानकारी दिनुभयो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारविर्तामोड–६ मा सामुदायिक स्वास्थ्य कार्यकर्ता तालिम सम्पन्न
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img