Homeसमाचारकांग्रेसले कोरोना जोखिममा जनधनको सुरक्षाको माग गर्दै ज्ञापनपत्र बुझाउने

कांग्रेसले कोरोना जोखिममा जनधनको सुरक्षाको माग गर्दै ज्ञापनपत्र बुझाउने

झापा ३२ जेठ । कोरोना संक्रमणको जोखिमबाट जनधनको सुरक्षा गर्न माग गर्दै नेपाली कांग्रेस झापाले सरकारलाई ज्ञापनपत्र बुझाउने भएको छ ।
नेपाली कांग्रेस केन्द्रीय समितिको निर्देशन बमोजिम नेपाली कांग्रेस झापाको आइतबार सम्पन्न बैठकले असार २ गते जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाउने निर्णय गरेको हो । नेपाली कांग्रेसले देशभरका ७७ वटै जिल्ला समिति तथा विदेशस्थित नियोगहरुमार्फत कोरोना भाइरस संक्रमणका कारण विकराल बन्दै गएको परिस्थितिबारे सरकारको ध्यानाकर्षण गराउँदै अप्रत्यासित रुपमा बढिरहेको संक्रमण रोकथामका लागि प्रभावकारी कार्य गर्न सरकारको ध्यानाकर्षण गराउन लागेको हो ।
नेपाली कांग्रेस झापाका सभापति उद्वव थापाको सभापतित्व र कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्यहरु केशवकुमार बुढाथोकी, सरिता प्रसाईं, भारतेन्दु मल्लिक, सुधिरकुमार शिवाकोटी, कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य, सल्लाहकार सदस्य, भातृ संस्थाका केन्द्रीय सदस्य, केन्द्रीय विभागीय समिति सदस्य, क्षेत्रीय, प्रदेश क्षेत्रीय सभापतिहरु, गाउँ÷नगर सभापतिहरु, भातृ तथा शुभेच्छुक संस्थाका जिल्ला अध्यक्षहरु सहभागी बैठकले सामाजिक दुरी कायम राखेर ज्ञापनपत्र बुझाउने कार्यक्रमलाई प्रभावकारी बनाउने निर्णय गरेको प्रवक्ता लोकराज ढकालले जानकारी दिनुभयो ।
आगामी असार २ गते झापाको चन्द्रगढीस्थित गिरिजाप्रसाद कोइराला स्मृति भवनको अगाडि भेला भएर दिउसो १२ बजेका लागि तय गरिएको कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला, क्षेत्र, प्रदेश क्षेत्र, गाउँ÷नगर÷वडा समिति, भातृ तथा शुभेच्छुक संघसंस्था, क्रियाशील सदस्यलाई सशक्त रुपमा सहभागी हुन सभापति थापाले आह्वान गर्नुभयो ।
बैठकमा सहभागीहरुले राखेको जिज्ञाशाको जवाफ दिदै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले कोरोना परिक्षणमा प्रभावकारी कार्य गर्न नसकेको बताउनुभयो । अर्को एक फरक प्रसङ्गमा सहभागीको जिज्ञाशा मेटाउँदै सन् २००२ सालदेखि सञ्चालित एमसिसि परियोजना हाल विश्वका २७ देशमा कार्यान्वयनमा रहेको जानकारी दिदै उहाँले एमसिसि सम्झौताबारे पूर्ण अध्ययन गरेर मात्रै विरोध वा समर्थन गर्न सबैलाई आग्रह गर्नुभयो ।
‘सुनेको भरमा टिप्पणी गर्ने प्रचलनले एमसिसि गलत हो भन्ने आम जनधारणा छ’–नेता शर्माले भन्नुभयो–‘अक्षरशः पढ्नुस्, अनि एमसिसि सम्झौता कार्यान्वयनका बारे धारणा बनाउनुस्, यो राष्ट्रिय हितमा भए हितमा छ भन्नुस्, नभए छैन भन्नुहोस् । सुनेको भरमा धारणा बनाउनु हुँदैन ।’
‘एमसिसि पारित भए अमेरिकी सेना नेपाल पस्छ भन्ने हल्ला निराधार हो’–शर्माले भन्नुभयो–‘अमेरिकाले विश्वका कुनै पनि मुलुकमा अनुमति मागेर प्रवेश गरेको छैन, इराकमा पनि अनुमति लिएर प्रवेश गरेको होइन । तसर्थ अमेरिकी सेना पस्ने हल्ला निराधार हो ।’ देशको विद्युत प्रशारण लाइन विस्तार र उत्पादित विजुली विक्री वितरणका लागि एमसिसि परियोजना लाभदायी हुने उहाँको भनाई थियो ।
जिल्ला सचिव प्रेम सम्बाहाम्फेले सञ्चालन गर्नुभएको बैठकमा क्षेत्रीय सभापतिहरुले पनि धारणा राख्नुभएको थियो । बैठकले नेपाली कांग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारीका बुवा ईश्वरी भण्डारी, नेपाली कांग्रेस ताप्लेजुङका सभापति लिला बोखिमका बुवा कालिबहादुर बोखिम, झापा जिल्ला सहसचिव राजेन्द्र भण्डारीका आमा भागिरथा भण्डारी, जिल्ला सदस्य पार्वता गिरीका स्वर्गिय बुवा गणेशवहादुर भारती गिरीको निधनप्रति गहिरो शोक समवेदना ब्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको प्रचार विभाग संयोजक कृष्ण हुमागाईले जानकारी दिनुभयो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारकांग्रेसले कोरोना जोखिममा जनधनको सुरक्षाको माग गर्दै ज्ञापनपत्र बुझाउने
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img