
भद्रपुर ३२ जेठ । जिल्ला प्रहरी झापाले अवैध रुपमा लगिंदै गरेको काठसहित काठ लैजान प्रयोग गरिएको साधन र एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ । अबैध रुपमा काठ लैजाँदै गरेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय झापाले भद्रपुर–३ ज्ञाने चोकबाट ४७.४४ क्यु फिट काठ, मे १ त २७०४ नम्बरको ट्रयाक्टर र सहित ढुवानीमा संलग्न साधन र ट्रयाक्टर चालक भद्रपुर–२ का प्रकाश विकसहित नियन्त्रणमा लिएको थियो ।
नियन्त्रणमा लिइएको काठ, ट्रयाक्टर र चालकलाई आवश्यक कारवाहीका लागि जिल्ला वन कार्यालय झापामा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

































































































