Homeसमाचारकनकाई नगरपालिका–३ टप्पुबाट ७ जना जुवाडे पक्राउ

कनकाई नगरपालिका–३ टप्पुबाट ७ जना जुवाडे पक्राउ

झापा ३२ जेठ । कनकाई नगरपालिका वार्ड नं –३ टप्पु टोलको एक घरबाट जुवाको कौडा र नगद सहित सात जना जुवाडेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कनकाई– ३ का चेतनकुमार प्रसाईंको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय विर्तामोडका प्रमुख प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले जानकारी दिनुभयो ।
पक्राउ पर्नेहरूमा कनकाई नगरपालिका वडा नं.– ३ का विष्णुप्रसाद उप्रेती, लिलु अग्रवाल, सुरज चुडाल, हरि खरेल, ओमप्रकाश चापागाई, कनकाई– ४ का मानबहादुर श्रेष्ठ र हरिबहादुर श्रेष्ठ रहेका छन्। जुवा खेलिरहेका उनीहरुबाट प्रहरीले जुवा खेल्न खालमा थापिएको १ थान गलैचा, कौडा खेल्न प्रयोग गरिएको नामको पाउडर थान–१७ हजार, १० र जुवा खेल्न प्रयोग गरिएक कौडा थान–१६ बरामद गरेको इलाका प्रहरी विर्तामोडका प्रमुख डिएसपी रिजालले जानकारी दिनुभयो र कार्यालयले जनएको छ । उनीहरूको साथबाट कौडासहित नगद ७१ हजार समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
विशेष सूचनाको आधारमा शनिबार साँझ इलाका प्रहरी कार्यालय विर्तामोडबाट खटिएको प्रहरी टोलीले सातजना जुवाडेलाई पक्राउ गरिएको डीएसपी रिजालले बताउनु भयो । पक्राउ परेकाहरूलाई इलाका प्रहरी कार्यालयको हिरासतमा राखिएको प्रहरीले जनाएको छ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारकनकाई नगरपालिका–३ टप्पुबाट ७ जना जुवाडे पक्राउ
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img