Homeसमाचारबजार खोल्ने सम्बन्धमा नगरपालिकालाई कार्यदलको सात बुँदे सुझाव

बजार खोल्ने सम्बन्धमा नगरपालिकालाई कार्यदलको सात बुँदे सुझाव

झापा २६ जेठ । लक डाउनका बाबजुद व्यापार व्यवसाय सञ्चालन गर्नका सहज बनाउने विषयमा बिर्तामोड नगरपालिकाले गठन गरेको कार्यदलले सोमबार प्रतिवेदन बुझाएको छ । कार्यदलका संयोजक विर्तामोड नगरपालिका वडा नं.–५ का वडाध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनको नेतृत्वमा गठित कार्यदलले तयार पारेको प्रतिवेदन नगरपालिकाको कार्यालय पुगेर उपप्रमुख पवित्रा महतारा प्रसाईलाई प्रतिवेदन बुझाएको हो ।
यसअघि व्यवसायीले बजार खोल्ने वातावरण निर्माण गर्न नगरपालिकासंग माग गरेसंगै कोरोना संक्रमण जोखिम यथावत रहिरहँदा उद्योग व्यवसाय सञ्चालन गर्नका लागि सुझावसहितको प्रतिवेदन ल्याउन वडाध्यक्ष लिङदेनको संयोजकत्वमा विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई र अलैँची व्यवसायी महासङ्घका महासचिव सुवास भट्टराई सदस्य रहेको तीन सदस्यीय कार्यदल गठन गरिएको थियो ।
कार्यदलका सदस्य सुवास भट्टराईले सरोकारवालासँग गरिएको छलफल र सुझाव समेतका आधारमा व्यापार व्यवसाय सहज हुने गरी कार्यदलले नगरपालिकालाई ८ बुँदामा विभिन्न सुझावसहितको प्रतिवेदन बुझाएको कार्यदलका संयोजक राजेन्द्रप्रसाद लिङ्देनले बताउनु भयो । सुझावसहितको प्रतिवेदनमा बैंक तथा वित्तिय संस्थालाई पूर्ववत रुपमै सञ्चालन गर्न दिनुपर्ने, संघीय सरकारले सूचीकृत गरेका सिनेमा हल, जिमखाना, होटल तथा रेष्टुरेन्ट, सैलुन, धार्मिकस्थल, सभागृह, कभर्ड हल, बाहेकका अन्य उद्योग तथा व्यापार व्यवसायहरुलाई मापदण्ड पूरा गरी नियमित रुपमा विहान ७ देखि १२ बजेसम्म सञ्चालन गर्न दिनुपर्ने सुझाव दिएको छ ।
त्यस्तै विर्तामोड क्षेत्रभित्र प्रयोगमा नरहेका सरकारी भवनको पहिचान गरी नगरपालिका र नीजि क्षेत्रको साझेदारीमा ५०० सैथ्याको आइसोलेसन वार्डसहित विशेष अस्पताल स्थापना गर्नुपर्ने, नगरपालिका भित्र रहेका क्वारेन्टिनको गुणस्तरमा सुधार गरी मापदण्ड अनुसार चालु गर्नुपर्ने सुझाव प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी ठेला तथा रिक्साको प्रयोगमार्फत सञ्चालन गरिने घुम्ती व्यवसायलाई अनिवार्य रुपमा नगरपालिकामा दर्ता गरी पान नम्बर लिएर व्यवस्थित रुपमा सञ्चालन गर्ने वातावरण सिर्जना गर्नुपर्ने,
नगर भित्रका अटो रिक्सालाई जोर विजोर प्रणालीका आधारमा सञ्चालन गर्न दिनुपर्ने जस्ता सुझाव कार्यदलले नगरपालिकालाई दिएको छ ।
साथै व्यवसाय सञ्चालन गर्दा संक्रमणको जोखिम हुन नदिन भिडभाड हुन नदिने, उपभोत्तःबीच कम्तिमा ३ फिटको भौतिक दुरी कायमका लागि व्यवस्थापकीय जिम्मेवारी व्यवसायी स्वयंको हुने, व्यवसायी र उपभोक्ता दुवैले माक्स अनिवार्य प्रयोग गर्नुपर्ने, नगरपालिका र व्यवसायी तथा सरोकारवालाहरुको संलग्नतामा मापदण्ड कार्यान्वयन गर्ने टोली बनाई मापदण्ड पालना गर्न गराउन पहल गर्नुपर्ने लगायतका सुझाव दिइएको छ । साथै मापदण्ड कार्यान्वयनका लागि नगरस्तरीय अनुगमन समिति गठन गरी अनुगमन गर्नुपर्ने र मापदण्ड कार्यान्वयन नभएको पाइएमा त्यस्ता सेवा वा व्यवसाय बन्द गराइ संक्रामक रोग ऐन–२०२० तथा प्रचलित कानून बमोजिम कारवाही गर्न पनि कार्यदलले सुझाएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारबजार खोल्ने सम्बन्धमा नगरपालिकालाई कार्यदलको सात बुँदे सुझाव
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img