दमक २६ जेठ। झापाको दमक नगरपालिका–१ को भित्री सडक खण्डमा पिकअप गाडीले पैदल यात्रीलाई ठक्कर दिंदा पैदल यात्री दमक नगरपालिका–१ का ७८ का दुर्गाप्रसाद अधिकारीको मृत्यु भएको छ ।
सोमबार दिउँसो पौने ४ बजेतिर पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे १ च ९१७ नम्बरको पिकअपले ठक्कर दिँदा घाइते भएका अधिकारीको लाईफ लाईन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ । ठक्कर दिने पिकअप र चालक नियन्त्रणमा रहेको बताइएको छ ।
पिकअपको ठक्करबाट पैदल यात्रीको मृत्यु

































































































