झापा २६ जेठ । सोमबार झापाका १० जनामा सोमबार कोरोना संक्रमण पुष्टि भएसंगै झापामा संक्रमितको संख्या १४८ जना पुगेको छ ।
सोमबार झापाको गौरीगञ्ज गाउँपालिकाका–७, हल्दिवारीका स्थानीय–१ र पाँचथरको लालीखर्क गाउपालिका घर भइ हल्दिवारीको क्वारेन्टिनमा बस्दै आएका–१ सहित २ र मेचीनगर नगरपालिका–४ स्थित पशुपति माविको क्वारेन्टिनमा रहेका–१ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै सोमबार मात्रै झापामा संक्रमितको संख्या १० पुगेको जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत जीवन चौंलागाँईले जानकारी दिनुभयो ।
झापाका १४८ कूल संक्रमित मध्ये ४१ जना उपचारपछि घर फर्किएका छन् । ती मध्ये सबैभन्दा बढी कोरोना देखिएको कचनकवलका ३८, बाह्रदशीका–२ र दमक नगरपालिकाका–१ रहेको अधिकृत चौंलागाँईले बताउनु भयो ।
सोमबार नयाँ दशजना कोरोना संक्रमित देखिएका मध्ये दुईवटा नयाँ स्थानीय तहका छन् । मेचीनगर र हल्दिवारीमा पहिलो पटक कोरोना संक्रमण पोजेटिभ देखिएको हो । झापाका १५ वटा स्थानीय तहमध्ये कोरोना संक्रमण देखिने स्थानीय तहको संख्या पनि १२ पुगेको छ ।
झापाका मेचीनगर, हल्दिवारी, कचनकवल, भद्रपुर, बाह्रदशी, झापा गाउँपालिका, बुद्धशान्ति, कमल, गौरीगञ्ज, गौरादह गाउँपालिका, दमक र अर्जुनधारा नगरपालिकामा कोरोनाको संक्रमण देखिएको हो ।
यो संगै सोमबार देशभर ३१४ जनामा संक्रमण पुष्टि भएको बताइएको छ । सोमबार संक्रमण देखिएका अन्य जिल्लाहरुमा सुनसरी–१७, मोरङ –९, सप्तरीका–६, जनकपुर–१५, स्याङजा–१, कास्की–१, पर्सा–८, बारा–७, रौतहट–४,दाङ–४, बाँके–१, बर्दिया–१८ र दैलेख–१० जनामा संक्रमण देखिएको हो ।
यसैगरी अन्य जिल्लाहरुमा सल्यान– ५, सुर्खेत–१, अर्घाखाँची–३१, गुल्मी–१, कपिलवस्तु– १६, नवलपरासी– २, पाल्पा– १, प्युठान–८, रुपन्देही–५, कपिलवस्तु–७, महोत्तरी– १२, रौतहट– ७ र सर्लाही– १०६ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।
सोमबार ३१४ जना संक्रमित थपिएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार ७६२ पुगेको छ ।
झापामा १४८ संक्रमित सोमबार १० जना थपिए उपचारपछि ४१ घर फर्किए

































































































