Homeसमाचारव्यवसायिक माग राख्दै सौन्दर्यकर्मी युनियन विर्तामोडले बुझायो ज्ञापन

व्यवसायिक माग राख्दै सौन्दर्यकर्मी युनियन विर्तामोडले बुझायो ज्ञापन

झापा २५ जेठ । कोरोना भाइरस संक्रमणका कारण व्यवसाय जोखिममा परेको भन्दै रास्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल विर्तामोडले विभिन्न व्यवसायिक माग राखेर विर्तामोड नगरपालिकामा ज्ञापनपत्र बुझाएको छ।
झण्डै तीनमहिना पछि लकडाउन खुकुलो भएपनि सौन्दर्य व्यवसाय तत्काल खोल्न नपाइने तर घरभाडा, किस्ता र कर तिर्न ताकेता आउन थालेको भन्दै सौन्दर्यकर्मी व्यवसायीहरुले विभिन्न ५ बुँदे व्यवसायिक माग राख्दै विर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महातारा प्रसाईलाई आइतबार ज्ञापनपत्र बुझाएका हुन् ।
अन्य व्यवसाय भन्दा कोरोना भाइरस संक्रमणका दृष्टिले संवेदनशील व्यवसायका रुपमा रहेको सौन्दर्य ब्यबशाय बढी जोखिममा परेको उल्लेख गर्दै सौन्दर्यकर्मी युनियनले वर्तमान अवस्थामा घरभाडा, वैक तथा सहकारीको किस्ता र सरकारलाई कर तत्काल तिर्न सक्ने अवस्था नरहेको ज्ञापनपत्रमा स्पष्ट पार्दै व्यवसायीले आगामी माघ महिनादेखि मात्र ब्याज, कर, किस्ता र भाडा तिर्ने वातावरण बनाइदिन नगरपालिका समक्ष माग गरेका हुन् । महिलाहरुका लागि रोजगारीको माध्यम बनेको सौन्दर्य व्यवसाय कोरोना संक्रमण जोखिम बढेसंगै विगत ३ महिनादेखि ठप्प रहेको तथा तत्काल सञ्चालन गर्न सक्ने अवस्था पनि नरहेको उल्लेख गर्दै व्यवसायीहरुले सहज वातावरण बनाइदिन माग गरेका हुन् ।
युनियनले सरकारले विभिन्न क्षेत्र, वर्ग र तहलाई समेटेर राहतको घोषणा गरेपनि उक्त राहतले आफूहरुलाई नछोएका कारण व्यवसायीलाई दैनिक हातमुख जोर्न नै संकट परेको अवस्थामा कर, किस्ता र घरभाडाले व्यवसायिक महिलाहरु मानसिक तनाव परेको विज्ञप्तिमा उल्लेख छ ।
ज्ञापन पत्रमा भनिएको छ–‘सहकारी तथा लघुबित्त बाट ऋण लिएर संचालित छन । बित्तिय संस्थाहरुले किस्ताको ताकेता, घरधनीहरुले भाडा र सरकारले कर माग्न थालेका कारण यो ब्यबशायमा संलग्न महिलाहरु मानसिक तनावमा परेका छन्, अत ः आगामी माघ महिना देखिमात्र बैक ब्याज, किस्ता ,घरभाडा र सरकरी कर तिर्ने वातावरण मिलाइदिन, स्वास्थ्य सम्बन्धी उपकरणहरु पिपिइ सेट, मास्क तथा सेनिटाइजर सुपथ मूल्यमा उपलब्ध गराइदिन समेत माग गर्दछौं ।’ राष्ट्रिय सौन्दर्य कर्मी युनियन नेपालका विर्तामोड नगर अध्यक्ष रञ्जु प्याकुरेल, केन्द्रिय सदस्य धनु कन्दङ्वा, प्रदेस सदस्य आशा लिम्बू लगायत अन्य पदाधिकारी सदस्यहरुको उपस्थिती रहेको थियो।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारव्यवसायिक माग राख्दै सौन्दर्यकर्मी युनियन विर्तामोडले बुझायो ज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img