Homeसमाचारझापामा छ सय जना रिर्पोटको पर्खाइमा

झापामा छ सय जना रिर्पोटको पर्खाइमा

झापा २५ जेठ । कोरोना संक्रमण भए/नभएको परीक्षण गर्न पिसिआर टेष्टका लागि झापाबाट नमूना संकलन गरी पठाएका झण्डै ६ सय जना क्वारिन्टिनमा बसेर रिर्पोट पर्खिरहेका छन् । भारतबाट स्वदेश प्रवेश गरेका उनीहरु झापाका विभिन्न क्वारिन्टिनमा रहेका ६ सय जना कोरोना भए÷नभएको रिर्पोटको पर्खाइमा बसेका हुन् ।
झापाका स्थानीय तहमा निर्माण गरिएका क्वारेन्टिन र होल्डिङ सेन्टरमा रहेका उनीहरुको कोरोना संक्रमण जाँचका लागि पठाइएका लगभग ६ सयजनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय झापाका अधिकृत जीवन चौंलागाईले जानकारी दिनुभयो ।
प्रदेश प्रयोगशाला विराटनगर, कोशी अस्पताल र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा नमूना स्वाब संकलन गरी परीक्षणका लागि पठाउने गरिएको छ ।

३२ सय जनालाई घर पठाइयो

भारतका विभिन्न ठाउँबाट नेपाल प्रवेश गरेका ४ हजार ५ सय ८८ जना मध्ये हालसम्ममा ३ हजार २ सयजनालाई घर पठाइसकिएको झापाका सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईले जानकारी दिनुभयो । उहाँका अनुसार आइतबारसम्ममा ६२४ जना विभिन्न क्वारिन्टिन र ६२४ जना होल्डिङ सेन्टरमा रहेका छन् ।
विभिन्न स्थानीय तहका क्वारिन्टिनमा रहेका १३८ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । झापाको अर्जुनधारा नगरपालिकाको क्वारिन्टिनमा रहेका मध्ये २ जनामा आइतबार कोरोना पुष्टि भएसंगै कोरोना देखिएका स्थानीय तहको संख्या १० पुगेको छ । कोरोना पोजेटिभ देखिएका मध्ये १ सय ३७ जना भारतबाट र एकजना स्थानीयमासहित १३८ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

झापाका १० स्थानीय तहमा संक्रमण

१५ वटा स्थानीय तहमध्ये दमक, बाह्रदशी, गौरादह, गौरीगञ्ज, झापा, कचनकवल, भद्रपुर, बुद्धशान्ति, कमल र अर्जुनधारामा कोरोनाको संक्रमण देखिएको हो । ती मध्ये कोरोनाको उपचारपछि २५ जना घर फर्केका छन् भने अरु उपचाररत रहेको स्वास्थ्य कार्यालयका अधिकृत चौंलागाँईले जानकारी दिनुभयो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारझापामा छ सय जना रिर्पोटको पर्खाइमा
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img