Homeसमाचार‘शक्ति र पहुँचको खेल रहिरहे होल्डिङ हाउस कोरोना उत्पादन केन्द्र बन्ने...

‘शक्ति र पहुँचको खेल रहिरहे होल्डिङ हाउस कोरोना उत्पादन केन्द्र बन्ने खतरा’

द्रोण अधिकारी
भद्रपुर २१ जेठ ।
नोबल कोरोना भाइरस (कोभिड–१९) संक्रमण समुदायमा फैलन नदिन विदेशबाट आएका व्यक्ति राख्न निर्माण गरिएको भद्रपुर स्थित मेची क्याम्पस भवनका होल्डिङ हाउस उत्कृष्ट व्यवस्थापनका कारण सुरक्षित आश्रय स्थल बनिएका छन् । नेपाली सेनाको सम्पूर्ण व्यवस्थापकीय जिम्मेवारीमा रहेका होल्डिङ हाउसहरू पूर्ण रूपमा रोग संक्रमण जोखिम मुक्त बन्न सफल भएका हुन् ।
झापाकै सुविधा सम्पन्न होल्डिङ हाउसको अवधारणा लिएर सेनाले सञ्चालन जिम्मा लिएको सो क्षेत्रमा सुरक्षा पोस्ट, भान्सा घर, होल्डिङ एरिया फरक–फरक आवागमन, अत्यन्त संवेदनशील सुरक्षण विधिबाट सरसफाई जस्ता आधारभूत कार्यलाई व्यवस्थापन पक्षले विशेष जोड दिएको छ ।
यस्तै त्यहाँ बस्न बस्नेहरुलाई इन्टरनेटको प्रबन्ध, व्यक्तिगत सरसफाइका लागि सुरक्षित शौच गृह तथा स्नान गृह न्युनतम मापदण्ड अनुसारका विश्राम कक्षका लागि फराकिला कोठा, घाम र हावाको सहज पहुँच सहितको आश्रय स्थल बनाइएको छ ।
नेपाल प्रहरीका दुइजना र नेपाली सेनाका १८ जनासहित २० जना सुरक्षाकर्मीको प्रत्यक्ष निगरानी रहेको सो स्थानमा होल्डिङका लागि ३ वटा भवनमा २५० जनासम्मको क्षमता रहेको छ । जेठ ६ गतेयता भारतको पश्चिम बंगालसित जोडिएको काँकरभिट्टा नाकाबाट ४२१ जना व्यक्ति होल्डिङ हाउसमा बस्न आइपुगेका छन् । जसमध्ये पिसिआर परीक्षणमा कोरोना संक्रमण नदेखिएका ३९७ जना आफ्नो घर फर्किसकेका छन् । त्यहाँ आइपुगेका मध्ये अधिकांस प्रदेश नम्बर १ का नागरिक रहेको स्वास्थ्य संयोजक उज्वल रायमाझीले जानकारी दिनुभयो । रायमाझीका अनुसार भारतको पश्चिम बंगाल राज्य अन्र्तगत दार्जेलिङ जिल्लाका विभिन्न शहरमा नेटवर्किङ व्यवसायमा कार्यरत व्यक्तिहरूको संख्या बढी रहेको छ ।
व्यवस्थापनको नेतृत्व गरिरहेका सेनानी रस्विन आमगाईका अनुसार होल्डिङ हाउसलाई कोरोना संक्रमण मुक्त बनाउन आधारभूत स्वास्थ्य सुरक्षणका सम्पूर्ण विधि प्रयोग गर्ने गरिएको छ । होल्डिङ हाउसमा बस्ने व्यक्तिलाई प्रवेश गराइने र घर पठाइने बाटो सुरक्षा पोस्ट भन्दा अलग्गै छ भने खाने, बस्ने र सरसफाइमा विशेष सर्तकता अपनाइएको छ । जसका कारण कोरोना संक्रमित आइपुगे पनि एकबाट अर्कोमा नसर्ने गरी सुरक्षित बनाउने प्रयास गरिरहेको कमाण्डर आमागाईले बताउनु भयो ।
व्यवस्थापनमा चुस्त दुरूस्तपन ल्याउने कार्यमा खटिरहेका सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीहरू राजनीतिक तथा प्रशासनिक नेतृत्वका कारण कतिपय अवस्थामा व्यवस्थापकीय असहज परिस्थितिको सामना गर्नु परेको दुखेसो समेत गर्छन् । शक्ति र पहुँचका आधारमा सुरक्षण विधि मिचेर कतिपय व्यक्ति एकाएक ल्याउने वा अन्यत्र पठाउने कार्यले रोग संक्रमण जोखिम बढ्ने संभावना हुने उनीहरूको भनाइ छ ।
उनीहरूको सुझाव छ—“रोग संक्रमण रोक्नु छ भने शक्ति र पहुँचको खेल अन्त्य हुनैपर्छ, नत्र होल्डिङ हाउस पनि कोरोना उत्पादन केन्द्र बन्न सक्छन् ।”
यता होल्डिङ हाउसमा बसिरहेकाको पीडा पनि कम छैन । उनीहरू भारतीय क्षेत्रका विभिन्न झञ्झटको सामना गर्दै नेपाल त आइपुगे तर, घर फर्किन तिर्नुपर्ने गाडी भाडा तिर्न नसकेर होल्डिङ हाउसकै गेट कुर्नुपर्ने अवस्था पनि छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचार‘शक्ति र पहुँचको खेल रहिरहे होल्डिङ हाउस कोरोना उत्पादन केन्द्र बन्ने...
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img