Homeसमाचारकनकाईका नगरप्रमुखलाई वनको तेस्रो चिठी, जवाफदेहिता नदेखिएको आरोप

कनकाईका नगरप्रमुखलाई वनको तेस्रो चिठी, जवाफदेहिता नदेखिएको आरोप

सुरुङ्गा १९ जेठ । सरकारी जमिनमा रहेका काठ अनुमति विना काट्न लगाएको आरोप लागेका कनकाई नगरपालिकाका प्रमुखले वन कार्यालयले अनुमति विना रुख काट्नु पर्नाको कारण माग गर्दै काटेको चिठ्ठीको अझै जवाफ नपठाएको खुलेको छ ।
दुईपटक गरेको पत्राचारलाई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेलले जवाफ नपठाएपछि वन कार्यालयले आज फेरी तेस्रोपटक जवाफ माग गर्दै पत्र काटेको सेक्टर वन कार्यालय सुरुङ्गाका रेन्जर राजेश घिमिरेले जानकारी दिनुभयो ।
गत बैशाख ८ गते पूर्व पश्चिम राजमार्ग अन्तरगत कनकाई नगरपालिकाको दुर्गापूर–सुरुङ्गा सडक खण्डमा सडक विभागको जमिनमा रहेका मसला जातका रुख जिल्ला वन कार्यालयको अनुमति विना रुख काट्नु पर्नाको कारण माग गरेको थियो ।
यथाशिघ्र जवाफ पठाउनु हुन भन्दै काटिएको पहिलो चिठीको जवाफ नआएपछि कार्यालयले पुनः दोस्रो पटक पनि सोही व्यहोराको चिठी पठाएको भएपनि उक्त चिठीपछि पनि कुनै जवाफ नआएपछि तेस्रो पटक यथाशिघ्र जवाफ माग गर्दै पत्र पठाइएको हो ।
सरकारी जमिनमा रहेका रुख सम्बन्धित निकायको अनुमति विना नै काट्न लगाएको आरोप खेपिरहेका नगरप्रमुख पोखरेलले कार्यालयको पटक पटकको पत्राचारलाई वेवास्ता गरेर मेयरले विधिको शासन नमानेको स्थानीयले आरोप लगाएका छन् ।
पत्रको जवाफ नफर्काउनुले नगरप्रमुख पोखरेलले एक कार्यालयले अर्को कार्यालयको मान–मर्यादालाई पनि ख्याल नगरेको जस्तो देखिएको कार्यालय स्रोतले जनाएको छ । नगरप्रमुख जवाफ देहिता नदेखिएका कारण पटक पटक पत्राचार गर्नुपरेको स्रोतको भनाई छ ।
गत बैशाख ८ गते सो सडक खण्डका ४ वटा मसला जातका रुख वन कार्यालयले आफ्नो स्वामित्वमा लिएर सुरुङ्गा सेक्टर वन कार्यालयमा राखिएको छ । काटिएको रुख ११०.३३ क्युफिट रहेको बताइएको छ ।
नगर प्रमुखले विना अनुमति सरकारी जमिनका रुख काट्न लगाएको भन्दै यसअघि स्थानीयबासी र कनकाई नगरका प्रतिपक्षी दलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी गरेका छन् ।
कोरोना संक्रमण जोखिम न्यूनिकरणका लागि जनता घरभित्र रहेका बेला नगरप्रमुख पोखरेलले सम्बन्धित निकायको अनुमति विना नै सडकका रुख काट्न लगाएको भन्दै विरोध हुँदै आएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारकनकाईका नगरप्रमुखलाई वनको तेस्रो चिठी, जवाफदेहिता नदेखिएको आरोप
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img