Homeसमाचाररेलमार्ग निर्माणका लागि आठ अर्ब ६६ करोड

रेलमार्ग निर्माणका लागि आठ अर्ब ६६ करोड

काठमाडौं १५ जेठ । सरकारले पूर्व–पश्चिमसहित विभिन्न रेलमार्गहरूको निर्माणका लागि एकमुष्ट आठ अर्ब ६६ करोड बजेट विनियोजन गरिएको अर्थमन्त्री युवराज खतिवडाले बताउनु भएको छ ।
चालु आर्थिक वर्षमा विनियोजित सात अर्ब ७० करोड बजेटमा बृद्धि गरी आगामी आर्थिक वर्षका लागि आठअर्व ६६ करोड बजेट विनियोजन गरिएको मन्त्री खतिवडाले संसदमा बजेट प्रस्तुतका क्रममा जानकारी गराउनु भएको हो ।
विभागले पूर्व–पश्चिम रेलमार्गको एउटाबाहेक सम्पूर्ण खण्डको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिसकेको छ । बाँकी एउटा खण्डको पनि एकवर्षभित्रमा डीपीआर तयार हुने जनाइएको छ ।
। विभागले पूर्व–पश्चिम रेलमार्गअन्तर्गत बर्दिबास–निजगढ खण्डमा रेल्वे ट्रयाक निर्माण गरिरहेको छ । यो लगभग ७० किलोमिटरको खण्ड हो ।
विभागले आगामी वर्षबाट काँकडभिट्टा–इनरुवा–विराटनगर रेलमार्ग निर्माणको काम सुरु गर्नेछ । काँकडभिट्टा–इनरुवा–विराटनगर खण्ड करिब १०६ किलोमिटर लामो छ ।
पश्चिमतर्फ बुटवलदेखि गड्डाचौकीसम्म चारसय २१ किलोमिटर, नवलपरासीको चोरमारादेखि बुटवलसम्मको डीपीआर बनिसकेको छ भने इनरुवादेखि काँकडभिट्टा खण्डको डीपीआर पनि तयार रहेको विभागले जनाएको छ ।
सरकारले पूर्व–पश्चिम रेलमार्गको मूल रूटलाई ९ खण्डमा विभाजन गरेको छ । मूल खण्डहरू ९ सय ४५ किलोमिटरको भए पनि पोखरा–काठमाडौं, काठमाडौं–वीरगञ्जलगायत सहायक रेलमार्गलाई जोड्ने हो भने १ हजार तीन सय ७६ किलोमिटर हुनेछ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचाररेलमार्ग निर्माणका लागि आठ अर्ब ६६ करोड
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img