काठमाडौं १३ जेठ । नेपालमा कोरोना संक्रमितको संख्या ७७२ पुगेको छ । थप ९० जनामा कोरोना संक्रमण पोजेटिभ देखिएसंगै कूल संक्रमितको संख्या ७७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ७७२ पुगेको छ । मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वासथ्य प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षणमा महोत्तरी (२), जुम्ला (२), बारा (३), रौतहट, सिराहा र धनुषा (१) जम्मा ३५ जना, भेरी अस्पतालमा ८ जना, प्रादेशिक प्रयोगशाला रुपन्देहीमा ७ जना, सेती प्रयोगशालामा २ जना, पोखरामा २ जना, सुर्खेतमा १२ जना र दाङमा गरिएको परीक्षणमा २४ जना संक्रमित थपिएका हुन् ।
अहिलेसम्म नेपालमा १५५ जना कोरोना संक्रमित उपचारपछि निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । पछिल्लो चौबिस घण्टामा मात्रै ४३ जना डिस्चार्ज भएका छन् ।
उनीहरु मध्ये दुई जना महिला र बाँकी सबै पुरुष छन् । हालसम्म १२४ जना पुरुष र ३१ जना महिला कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका डा. देवकोटाले जानकारी दिनु भयो । डा. देवकोटाका अनुसार हालसम्म ५४ हजार ४ सय २४ जनाको पिसिआर विधिबाट र ९७ हजार ९सय ६४ जनाको आरडिटी विधिबाट स्वास्थ्य परीक्षण गरिएको ।
नेपालमा हालसम्म चार जना कोरोना संक्रमितको भने मृत्यु भएको छ ।
मंगलबार ९० जना थपिए कोरोना संक्रमित, ७७२ जनामा संक्रमण

































































































