Homeसमाचारविपदमा सकारात्मक सन्देश प्रवाह गर्नुपर्नेमा जोड

विपदमा सकारात्मक सन्देश प्रवाह गर्नुपर्नेमा जोड

झापा १३ जेठ । विर्तामोडमा आयोजित एक अन्तरक्रियाका सहभागीले विपद्का बेला सञ्चार माध्यमहरुले विपद् व्यवस्थापनका लागि सहयोगी भूमिका निर्वाह गर्दै सकारात्मक सन्देश प्रवाह गर्ने सुझाव युक्त समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिएका छन् ।
नेपाल प्रेस युनियनको २९ औं स्थापना दिवसको अवसर पारेर नेपाल प्रेस युनियन झापा शाखाद्वारा आयोजित विपद्मा सञ्चारमाध्यमको भूमिका विषयक कार्यक्रमका सहभागीहरुले कोरोना संक्रमणका कारण उत्पन्न हुने आर्थिक संकटका कारण सानो लगानीका स्वरोजगारमुलक संचार संस्था संचालन र व्यवस्थापनमा कठिनाई उत्पन्न हुने धारणा राखेका छन् । कार्यक्रमका बक्ताहरुले सीमा क्षेत्रमा अलपत्र नेपालीको उद्धार गरिएपनि उनीहरुको स्वास्थ्य परिक्षणका लागि पिसिआर किट अभाव रहेको बताएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस झापाका सभापति तथा प्रमुख अतिथि उद्धव थापाले लोकतान्त्रिक मूल्य, मान्यता र संविधान विपरित कार्य गरिरहेको सरकारका गतिविधिविरुद्ध प्रेसले दरिलो प्रतिपक्षको भूमिका खेलेको भन्दै प्रसंशा गर्नुभयो ।

राजनीतिक दल र प्रेसको भूमिका नङ र मासुको जस्तै रहेको बताउँदै उहाँले विपदको यस घडीमा मानवीय संवेदनामा सकारात्मक प्रभाव पर्ने खालका समाचारहरु सम्प्रेषण गर्न सञ्चारकर्मीलाई आग्रह गर्नुभयो ।
कोरोना संकटमा समेत सरकार कमिशन र भ्रष्टाचारमा फसेको बताउँदै उहाँले भन्नुभयो–‘कोरोना संक्रमणको नियन्त्रण र न्युनिकरणका लागि सरकारबाट काम हुँदैछ भन्ने सुनियो । तर यस्तो ठोस काम भयो भनेर देखाउने अवस्था छैन ।’ संघीय र प्रदेश सरकारका मन्त्रीहरुले झापामा आउँदा सबै समस्याको तत्काल ब्यवस्थापन गर्ने भनेर आश्वासन दिए पनि झापामा एकपैसा नआएको बताउँदै उहाँले समुदायको सहयोगबाट कोरोना संक्रमण जोखिम ब्यवस्थापन समिति झापाले क्वारेन्टाइन, परीक्षण किट, अलपत्र नागरिकको उद्दार, ब्यवस्थापन, यातायात आदिको ब्यवस्थापन गरिरहेको जानकारी दिनुभयो । महामारी ब्यवस्थापनमा झापामा नेपाली सेनाको भूमिका सकारात्मक रहेको उहाँको भनाई छ ।
एक अर्को फरक प्रसंङ्गमा नेपाल सरकारले जारी गरेको नयाँ नक्सा मौलिक र ऐतिहासिक नक्सा भएको चर्चा गर्दै नेपालकै भूमिमा रहेका भारतीय सेनालाई हटाउन सरकारलाई आग्रह गर्नुभयो । ‘कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपालकै भूमि हो, त्यसलाई फिर्ता ल्याउने भन्ने भनाइ गलत छ, त्यहाँ रहेका भारतीय सेना हटाउनु पर्छ । उक्त भुमि हिजो हाम्रो थियो, भोली पनि हाम्रो हो ।’
विपद तथा महामारीमा सञ्चारको भूमिकाका विषयमा कार्यपत्र प्रस्तुत गर्दै नेपाल प्रेस युनियन झापाका पूर्व केन्द्रीय सदस्य लोकराज ढकालले विपद के हो ? विपद्का चरणहरु, आपतकाल, प्रतिकार्य, राहत, पुनर्लाभ, पुनस्र्थापना, पूर्वतयारी, विपद् जोखिम व्यवस्थापन, विपत जोखिममा नेपालका अवस्था, विगतका विपद्हरु, विपद् प्रतिकार्यमा सञ्चार माध्यम, विपद् व्यवस्थापनका चरण, पूर्व सूचना प्रणाली र विपद्मा जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रको भूमिकाका बारेमा बताउनुभएको थियो ।


विपद् तथा महामारी नियन्त्रणमा अहिले सि.डि.ओको भूमिका समन्वयकर्ताको रुपमा मात्रै रहेको बताउँदै बजेट तथा श्रोत साधन नहुँदा प्रकोप ब्यवस्थापनमा चुनौति रहेको बताउनुभयो ।
अन्तरक्रियामा कोरोना संक्रमणले संचार संस्था सञ्चालन व्यवस्थापनमा आउन सक्ने समस्याका विषयमा प्रस्तुती राख्दै नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष तारामणि सापकोटाले प्रविधि र ग्लोवलाइजेसनले परम्परागत सञ्चारमाध्यमहरु संकटमा पर्दै गएको बताउनु भयो । कोरोना संक्रमणले ल्याउने आर्थिक संकटले स्वरोजगारमुलक प्रकृतिका सञ्चारमाध्यमहरु टिकाउन चुनौति रहेको बताउँदै उहाँले प्रविधिले सञ्चारलाई चुनौति दिइरहेको धारणा राख्नुभयो । कार्यक्रममा नेपाल प्रेस संगठनका अध्यक्ष मुक्ति पौडेलले पनि शुभकामना मन्तब्य राख्नुभएको थियो ।
नेपाल प्रेस युनियन झापाका अध्यक्ष इन्दु पूर्वेलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व केन्द्रीय सदस्य कृष्ण हुमागाईले प्रेस युनियनको ऐतिहासिक पक्ष, कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै स्वागत गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन सचिव डिल्लीराम घोसाईले गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारविपदमा सकारात्मक सन्देश प्रवाह गर्नुपर्नेमा जोड
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img