काठमाडौं ९ जेठ । नेपालमा कोरोना संक्रमितको संख्या ५०७ पुगेको छ । पछिल्लो समय थप २० जनामा कोरोना भाइरसका संक्रमण पुष्टि भएसंगै कुल संक्रमितको संख्या ५०७ पुगेको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कैलालीका ३ जना, डडेलधुराका १ जना, बैतडीका १ जना, भेरी अस्पतालका बाँकेका १४ जना, र कोशी अस्पतालका मोरङका १ जना पुरुष रहेका छन्।
संक्रमितहरु कैलालीका ३ पुरुष (१९,२३ र २६) वर्षका, डडेलधुराका २८ वर्षीय एक पुरुष, बैतडीका २२ वर्षीय एक पुरुष, बाँकेका १४ जना पुरुषहरु (१८ देखि ६१ वर्ष) र मोरङका ४१ वर्षका पुरुष रहेका छन्। यीमध्ये ७० जना कोरोना संक्रमण निको भएर घर फर्किसकेका छन् भने हालसम्म कोरोना भाइरसका कारण तीन जनाको निधन भएको छ। मृत्यु हुनेमा सिञ्धुपलाञ्चोककी सुत्केरी महिला, बाँके नरैनापुरका एक युवक र गुल्मीका एक व्यक्तिको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो ।
५०७ मा कोरोना संक्रमण ७० घर फर्के, ३ को मृत्यु

































































































