Homeसमाचारनयाँ नक्सा निशान छापमा राख्न संविधान संशोधन प्रस्ताव संसदमा पेश गर्ने

नयाँ नक्सा निशान छापमा राख्न संविधान संशोधन प्रस्ताव संसदमा पेश गर्ने

काठमाडौं ९ जेठ । भारतले मिचेको लिपुलेकसहितको सरकारले जारी गरेको नयाँ नक्सा निशान छापमा समावेश गर्न संविधान संशोधनको प्रस्ताव संसदमा पेस गर्ने निर्णय गरेको छ।
शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले मुलुकको नयाँ नक्सा अनुमोदनका लागि संविधानको अनुसूचीमा र निशान छापमा रहेको नक्सा परिवर्तनका लागि संविधान संशोधन प्रस्ताव लैजाने निर्णय गरेको बताइएको छ ।
सरकारले गत जेठ ५ गते भारतद्वारा अतिक्रमित लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समावेश गरेर नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेको थियो।
नेपालको निशान छापमा त्यो क्षेत्र समावेश गरिएको थिएन। सरकारको निर्णय अनुसार संविधान संशोधन गर्न संसदमा दुई तिहाई बहुमतको आवश्यकता पर्छ। भारत त्यो क्षेत्र समावेश गरेर सरकारले जारी गरेको नयाँ नक्सालाई भारतले अस्वीकार गरेको छ।
गत वर्ष कार्तिक १६ गते भारतले त्यो क्षेत्रलाई आफ्नो राजनीतिक नक्सामा समावेश गरेपछि त्यसको विरोधमा नेपाल उत्रिएका बेला भारतले उक्त क्षेत्रमा एकतर्फी रुपमा बाटो निर्माण गरि उद्घाटन समेत गरेको छ ।
विरोधस्वरुप नेपालले त्यो क्षेत्रलाई समावेश गरी नयाँ नक्सा सार्वजनिक गरेको हो। तर भारतसँगको वार्ताका लागि आफू प्रतिक्षारत रहेको सरकारले बताउँदै आएको छ।
त्यो क्षेत्रलाई विवादित क्षेत्र घोषणा गरेको भारतले कोरोना संक्रमणको नियन्त्रणपछि त्यसलाई लिएर नेपालसँग वार्ता गर्ने घोषणा गरेका बेला उसले आफै एकतर्फीरुपमा सडक निर्माण गरेपछि नेपाल र भारतबीच सीमा विवाद चुलिएको हो।
नेपालको नयाँ नक्सा अस्विकार गरेको घोषणा गरेको भारतले नेपालसँग वार्ताका लागि अहिलेसम्म कुनै संकेत देखाएको छैन। कुटनीतिक मामिलाका जानकारहरुले नेपालको भूमि फिर्ताका लागि नेपालले नै भारतसँगको वार्ताका लागि उच्चस्तरीय तहबाट पहल गर्नुपर्ने सुझाव दिँदै आएका छन्।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारनयाँ नक्सा निशान छापमा राख्न संविधान संशोधन प्रस्ताव संसदमा पेश गर्ने
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img