
झापा ७ जेठ । प्रदेश–१ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले अब भारतबाट लुकिछिपी नेपाल प्रवेश गर्ने संभावना नरहेको बताउनु भएको छ ।
कोरोना संक्रमण जोखिम समाचार संकलनका लागि फिल्ड रिपोर्टिङमा खटिएको झापाका पत्रकारहरुको पिसिआर परीक्षणका लागि नमूना स्वाब संकलनका क्रममा नेपाल पत्रकार महासंघ झापा शाखामा पुग्नु भएका मन्त्री घिमिरेले सीमा क्षेत्रमा रहेका नेपालीहरुको व्यवस्थापनमा प्रदेश सरकार संवेदनशील भएको बताउँदै मन्त्री घिमिरेले सरकारले प्रक्रिया पुर्याएर व्यवस्थापन गर्ने उहाँको भनाई छ ।
सो अवसरमा मन्त्री घिमिरेले झापाका पत्रकारका लागि एकहप्ता भित्रमा थप ५० जनाको पिसिआर परीक्षणका लागि नमूना संकलन गर्ने किट उपलब्ध गराउने प्रतिवद्धता जनाउनु भयो ।
२५ जना पत्रकारहरुको पिसिआर परीक्षणका लागि नमूना स्वाब संकलन गरिएको नेपाल पत्रकार महासंघ झापा शाखा उपाध्यक्ष भिमा शिवाकोटीले जानकारी दिनुभयो । १ नम्बर प्रदेश स्वास्थ्य प्रयोगशालाको टोलीले स्वास्थ्य नमूना संकलन गरेको हो । महासंघका अध्यक्ष तारामणी सापकोटाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सहजीकरण सचिव सन्तोष आचार्यले गर्नुभएको थियो ।

































































































