Homeसमाचारगलत नक्साङ्कनका कारण बाँध र पुलले फुलबारी बस्ती डुबानमा

गलत नक्साङ्कनका कारण बाँध र पुलले फुलबारी बस्ती डुबानमा

भद्रपुर ७ जेठ । पूर्वी दक्षिणी कचनकवल गाउँपालिका ५ स्थित साविकको पाठामारी फुलवारी बस्ती छेउमा निर्माणाधिन बाँध तथा झोडा पुलका कारण दर्जनौं घर डुवानमा परेका छन् । ३ वर्ष अगाडि साविकको जिल्ला विकास समिति मार्फत निर्माण सम्पन्न गरिएको झिङ खोलाको पुल वारीपारी सडकसित जोड्न गतवर्षबाट थालिएको बाँध निर्माणले फुलवारी बस्ती डुबानमा परेको हो । प्राविधिकले पानीको निकास दिने गरी खोलाको बहाव क्षेत्र समेट्न नसक्ने नक्साङ्कन गरिदिएका कारण बस्तीमा डुबान समस्या आएको हो ।
पीडित स्थानीय रविना खातुनका अनुसार बाँध निर्माण थालिएपछि गत वर्षदेखि वर्षादमा हजारौं विगाह जमिन डुवानमा पर्न थालेको हो । यस वर्ष पनि पानीको निकास बन्द भएकै कारण बस्ती डुबानमा पर्न थालिसकेको छ । धानको बिउ राख्ने समयमै खेतका गह्रा पानीले भरिएपछि धान रोप्न बिउको समस्या हुने गरेको भन्दै रोपिएको धान पनि पानीको निकास सहज बनाउन नसकिने कारण कुहेर नोक्सान हुने गरेको खातुनको आरोप छ ।


स्थानीय जैमुद्धिन मियाँ भने आफ्नो जग्गा काटेर बाँध बनाउन गाउँ पालिका अध्यक्षले ठाडो निर्देशन दिएको कारण आफू अन्यायमा परेको गुनासो गर्छन् । उनका अनुसार मेची नदीको पश्चिमी भंगालोबाट बग्ने पानी पनि झिङ खोलामा पस्ने कारण वर्षादमा खोलो भरिएर आसपास जमिनमा पस्ने गरेको छ । तर, खोलाको बहाव क्षेत्र खुम्चने गरी गाउँ पालिकाले प्रदेश सरकारलाई इष्टमेट पठाएको भन्दै नवनिर्मित पुल ओरपर प्रदेश सरकारबाट प्राप्त २४ लाख रुपैयाले बाँधिन थालिएको बाँधले बस्ती र खेती योग्य जमिन डुब्ने अवस्था आएको मियाँले आरोप लगाए ।
यता बाँध निर्माण स्थलमा भेटिएका निर्माण ठेकेदार कम्पनी गजबक्रम सापकोटा कन्ट्रक्सनका सञ्चालक दिलिप सापकोटा भने बाँध निर्माणमा पटक पटक जैमुद्धिन मियाले अवरोध गरेका कारण सम्पन्न गर्न नसकिएको बताउँछन् । उनले यस विवाद मिलाउन गाउँ पालिकाले भूमिका नखेलेकै कारण समस्या आएको प्रष्ट पारे ।
सापकोटाका अनुसार प्रदेश सरकार मार्फत आएको २४ लाख ९८ हजार रूपैयाँमा पुलको पूर्व पश्चिम सडसित जोड्ने लिङ्क निर्माण तथा उत्तर दक्षिण बाँध निर्माणको काम हुने छ । निर्माण कम्पनीले गुणस्तरीय निर्माण सामग्री प्रयोग नगरेको स्थानीयको आरोप समेत छ । निर्माण स्थल पुग्दा पुरानो बाँधबाटै ढुंगा, लाजी निकालेर निर्माण कम्पनीले प्रयोग गर्दै गरेको पाइएको थियो । यस विषयमा जिज्ञासा राख्दा ठेकेदार कम्नीका सञ्चालक सापकोटा पुरानो पूलको पिलर तथा बाँध हटाउनु पर्ने भएकोले भत्काइएको बताउँछन् ।
कचनकवल ५ का वडाध्यक्ष महेशलाल गणेशका अनुसार बाँध निर्माण विवाद वडाको पहलमा गाउँ पालिकाले समाधान गरेको थियो । बस्ती डुबान रोक्न कुनै कसर बाँकी नराख्ने सहमती भएको थियो तर, पछिल्लो पटकको विवादवारे आफू जानकार नरहेको भन्दै वडाध्यक्ष गणेश ५ दिनको शिललक पछि निर्माण स्थलमा गएर निर्माणाधिन काम वारेमा बुझ्ने बताए ।
यता पटक पटक मोवाइल सम्पर्क गर्न खोज्दा पनि गाउँ पालिकाका अध्यक्ष अञ्जार आलमले फोन नउठाएका कारण गाउँ पालिकाको विवाद समाधानको भूमिका वारे धारणा लिन सकिएन । नेपालको भारतीय सीमा क्षेत्रसित जोडिएको सिमान्त बस्तीका रूपमा रहेको सो क्षेत्रका भित्री सडकमा पानीको निकास दिन ह्य्ुमपाइपको उचित व्यवस्था समेत नभएका कारण डुबान हुने गरेको पीडित स्थानीय गुनासो गर्ने गरेका छन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारगलत नक्साङ्कनका कारण बाँध र पुलले फुलबारी बस्ती डुबानमा
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img