लिला अनमोल
झापा २४ बैशाख । कोरोना भाइरस कोभिड १९ महामारीका कारण विश्वका धेरै मानिसहरुले ज्यान गुमाएका छन। यस्कै कारण खाद्यन्न अभाव भएर समस्यामा परेका व्यक्तिहरुलाई खाद्य सामाग्री सहयोग गर्ने उद्देश्यका साथ नेपालका विभिन्न क्षेत्रमा रहेका बिपन्न बर्गका मानिसहरुलाई केही बर्षदेखि पढाइका शिलसिलामा झापा बिर्तामोड कि सामाजिक अभियान्ता ज्वाला सङ्ग्रौलाले राहतका लागि खाद्यान्न सामान बितरण गर्दै आइरहेकी छन ।

सोही क्रममा बिर्तामोड ३ र १० बिराटपोखरमा रहेका ६० परिवारलाई प्रति परिवार बराबर २० केजी चामलका दरले राहत बितरण गरिएको हो।बिर्तामोड ३ का वड अध्यक्ष भोजराज सिटौला र बिर्तामोड १० का अध्यक्ष दुर्योधन गुरुङको उपस्तिथिमा खाद्यान्न बितरण गरिएको हो। बिराट सरोबर टोल बिकास सस्थाका अध्यक्ष एवं नेपाल बिद्यार्थी संघका केन्द्रिय सदस्य सन्तोष (ठाकुर) उप्रेती र सिद्धिविनायक टोल बिकास सस्थाका अध्यक्ष बेनु पाठकको संयोजनमा खाद्यान्न बितरण गरिएको हो। युवा ब्यक्तित्व शान्तिराम संग्रौला र बिराट समाबेशी ज्योतिर्लिङ्ग किर्तन मन्डलीका अध्यक्ष मनप्रसाद उप्रेतीले दुई वडाका पिडित परिवार पहिचान गरि कार्यक्रमको व्यवस्थापनमा सहयोग पुर्याउनु भएको थियो। सामाजिक दुरीलाई कायम गरि बितरण गरिएको कार्यक्रममा समाजका अगुवा ध्रुब शिवाकोटी , इन्द्रप्रसद प्रसाईं, टिकेन्द्र थापा, गिता भन्डारी , पुनम प्रसाईं आदिको पनि उपस्थिती रहेको थियो।

ज्वाला संग्रौलाले बिर्तामोडसहित नेपालका विभिन्न जिल्लाहरुमा लकडाउनका बेला खाद्यान्न अभाब भएर भोक भोकै बसिरहेका मानिसहरुका निम्ति खाद्यान्न बितरण गरिरहेकी छन। अहिले मात्र होइन अप्ठ्यारोमा परेका हरेक नेपालीहरुलाइ बिदेशी भुमिमा बसेर पनि सहयोग गर्दै आइरहेकी उनी पछिल्लो समय सामाजिक क्षेत्रमा सकृय नाम हो। कसैसँग बोल्न नडराउने हाकी स्वभाबकि उनी युवा पुस्ताकी प्रेरणाको श्रोत बन्दै गएकी छन्।
































































































