
झापा २४ बैशाख । बिश्वमा महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि देश लामो समयदेखि लकडाउनको अवस्थामा हुँदा मानिसको दैनिकी कठिन बन्दै गएको छ । यस्तो अवस्थामा पनि आफ्नो जिम्मेवारी पुरा गरिरहेका स्वास्थकर्मी ,सुरक्षाकर्मी एवम संचारकर्मीहरुलाई सरकारको उचित साथ र सहयोगको आवश्कता छ तर सरकारले उचित प्रबन्ध गर्न नसकिरहेको छैन । यस्तो अवस्थामा राउन्ड टेबल बिर्तामोड २७ ले सुरक्षाकर्मीलाई कोरोनाको जोखिमबाट बच्नका लागि लगभग ५५ हजारको लागतमा तयार गरिएको डिसइन्फेक्स्न बुथ प्रदान गरेको छ ।

राउन्ड टेबल बिर्तामोड २७ ले इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडलाई डिसइन्फेक्स्न बुथ प्रदान गरेको हो । संस्थाका सदस्य दिपक मित्तलले २० दिनसम्म पुग्ने उक्त डिसइन्फेक्सन बुथले मानिसको शरीरमा कुनै हानी नपुर्याउने बताउनु भयो। इलाका प्रहरी कार्यालय बिर्तामोड का डिएसपी मुकुन्द रिजालले उक्त डिसएन्फेक्सन बुथको उदघाटन गर्नु भएको थियो। २० दिन सम्मका लागि चाहिने आवश्यक केमिकल प्रदान गरिने संस्थाका अध्यक्ष सुमित मङ्गलले बताउनु भयो। सामाजिक कार्यमा सकृय राउन्ड टेबल बिर्तामोडले आगामी दिनमा पनि आवश्यक परेको खन्डमा यी खालका सहयोग गर्ने संस्थाका सदस्य मिजास पोख्रेलले बताउनु भयो।
यस अघि कोरोना भाइरसको महामारी फैलिरहेको बेला भद्रपुरस्थित जिल्ला कारागार झापालाई कारागारका कैदी बन्दिहरुको स्वास्थ्यलाइ ध्यानमा राख्दै प्राथमिक उपचारका लागि चाहिने औषधि र सर्जिकल सामाग्रीहरु समेत बितरण गर्नुका साथै बिर्तामोड तीन स्थित बिराटपोखरका अति बिपन्न बर्गका मानिसहरुलाइ खाध्यान्न समाग्री बितरण गरेको यस संस्थाका सचिव सुमित साहेवालले बताउनु भयो ।
































































































