Homeसमाचारनगरप्रमुखलाई कानूनी कारवाही माग गर्दै कनकाईका प्रतिपक्षी

नगरप्रमुखलाई कानूनी कारवाही माग गर्दै कनकाईका प्रतिपक्षी

सुरुङ्गा २३ बैशाख । सम्बन्धीत निकायको अनुमति विना नै सरकारी जमिनका रुख काटिएको प्रति नगरपालिकाका प्रतिपक्षी दलहरुले आपत्ति जनाउँदै कानूनी कारवाहीको माग छन् ।
कनकाई नगरपालिका अन्तरगत प्रतिपक्षी दलका संयोजक लिलाबहादुर कट्वालको अध्यक्षतामा बसेको बैठकले मंगलबार सम्पन्न बैठकले सडक विभागको जमिनभित्र पर्ने पूर्वपश्चिम राजमार्ग अन्तरगत कनकाई नगरपालिका वडा नं.–७ दुर्गापुरबजारदेखि पश्चिममा रहेका मसलाका रुख अनुमति विनानै मेयरको संलग्नतामा काटिएको भन्दै आपत्ति जनाएका हुन् ।

बैठकले रुख कटान इजाजत विनै नगरपालिकाका प्रमुखको आदेशमा रुख काटिएको घटनाप्रति प्रतिपक्षी दलहरुको समेत ध्यानाकर्षण भएको र बन्दाबन्दीको प्रतिकुल अवस्थामा अधिकार भन्दा बाहिर गएर रुख कटान गर्ने कार्य प्रति आपत्ती जनाउँदै छानविनका माग समेत गरेका छन् । मौजुदा ऐन कानूनको परिधिमा रहेर रुख काटिएको घटनाप्रति छानविन गरी हदैसम्मको कारवाही होस् भनि यो बैठक जोडदार माग गर्दछ ।
बैठकमा सहसंयोजक नारायणप्रसाद पोखरेल, इश्वरीप्रसाद शिवाकोटी नारायणप्रसाद ओली, चन्द्रप्रसाद मैनाली, इन्द्र रोका, भक्तबहादुर मेयाङ्वो, रत्नकुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
लकडाउन शुरु भएको केहि समय वितेपछि कनकाई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेलको निर्वेशनमा सो क्षेत्रका मसला जातका ४ वटा रुख काटिएको बताइएको छ । कानूनी प्रक्रिया पूरा नगरी रुख काटिएको भन्दै स्थानीय १० जनाले छानविन गर्न माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय इटहरीमा कनकाईका स्थानीयले निवेदन दर्ता गराएको बताएको छ ।
केही दिन अघि नगरप्रमुखको आदेशमा सडक विभागको क्षेत्राधिकारभित्र पर्ने सरकारी जमिनमा लगाइएका ४ वटा मसलाका रुख काटिएका थिए । जिल्ला वन कार्यालयबाट रुख काट्ने अनुमति नै नलिई काटिएको भन्दै उक्त काटिएका रुखका जिल्ला वन कार्यालय मातहतको सेक्टर वन कार्यालय सुरुङ्गामा लगिएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारनगरप्रमुखलाई कानूनी कारवाही माग गर्दै कनकाईका प्रतिपक्षी
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img