Homeसमाचारभाग्न थाले भारतीय मजदुर

भाग्न थाले भारतीय मजदुर

द्रोण अधिकारी
भद्रपुर २३ बैशाख ।
निर्माण तथा प्लाइउड उद्योगमा कार्यरत भारतीय मजदुर बन्दाबन्दीका कारण भोकमरीमा पर्न थालेपछि आफ्नो कार्यस्थल छोडेर भाग्न थालेको छन् ।
काममा लगाउने ठेकेदारले बन्दाबन्दीको बाहना बनाएर खाना खाने व्यवस्थापन समेत गर्न छोडेपछि भारतीय मजदुर आफ्नो कार्य स्थल छोडेर भाग्न थालेका हुन् ।
झापामा सडक, पुल, भवन लगायत निर्माण क्षेत्रमा हजारौं भारतीय मजदुरले काम गर्दै आएका छन् । त्यसैगरी चिया, प्लाइउड लगायतका उद्योगमा समेत हजारौं भारतीय मजदुरले काम गरिरहेका छन् । तर, ती क्षेत्रमा काम लगाउनेहरूले खाने व्यवस्थापनमा समेत बेवास्ता गरेपछि रातारात मजदुर भाग्ने गरेका छन् । कोरोना संक्रमण त्रासमा नेपाल भारत सिमापूर्ण रूपमा बन्द गरिएको भए पनि भारतीय मजदुरहरू रातको समयमा सिमाना वारपार गर्दै भागिरहेका छन् । क्वारेन्टिनमा राखिएका भनिएका मजदुरले पनि सुरक्षित बास र पेटभरी खाना नपाउने गरेको गुनासो गर्दै आइरहेका छन् ।
पछिल्लो पटक किच्चकबध क्वारेन्टिनबाट शुक्रबार राति १८ जना भारतीय बसेको स्थल छोडी रातारात भागेका थिए भने विर्तामोडमा रहेर निर्माण तथा प्लाइउड उद्योगमा काम गरिरहेका १६ जना मजदुर ठेकेदारले खान नदिएपछि भारत माल्दाहका भारतीय कामदार बिर्तामोडवाट भद्रपुर नाका तर्फ जाँदै गर्दा चन्द्रगढीको लेखनाथ चौकमा सोमवार विहान पक्राउ परेको घटनाले पनि काम लगाउनेले मजदुर अलपत्र पारेको पुष्टि गरेको छ ।
खान नपाएर मर्नुभन्दा मौका छोपेर आफ्नो देश भारत हिँडेको ती मजदुरहरूको भनाइ छ । उनीहरूको गुनासो भनेको कामको जिम्मा लिएर मैदानमा उतार्ने ठेकेदार संकटका बेला जिम्मेवारीबाट पन्छेकोले भोकमरीमा परेर भाग्नु परेको हो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारभाग्न थाले भारतीय मजदुर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img