Homeसमाचारआफ्ना नागरिकबाट नेपाली सुरक्षाकर्मीमाथिको दुव्र्यवहार प्रति भारतीय पक्षले माग्यो माफी

आफ्ना नागरिकबाट नेपाली सुरक्षाकर्मीमाथिको दुव्र्यवहार प्रति भारतीय पक्षले माग्यो माफी

झापा २३ बैशाख । सिमा सुरक्षामा खटिएका नेपाली सुरक्षाकर्मीमाथि सोमबार भारतीय नागरिकले गरेको दुव्र्यवहारप्रति भारतीय पक्षले माफी मागेको छ ।
झापा गाउँपालिका वडा नं.–४ स्थित सुकुम्बासी बस्तीमा सुरक्षार्थ खटिएका शसस्त्र प्रहरीलाई लगभग दुईसयको संख्यामा आएका भारतीय नागरिकले दुव्र्यवहार गरेपछि नेपालका सुरक्षाकर्मीले २ राउण्ड हवाइ फायर गरेका थिए ।
उक्त घटनाको विषयमा झापा गाउँपालिका वडा नम्वर–४ को स्थित १३१ नम्बर पिल्लर नजिकै मंगलबार दुवैदेशका नागरिक समाज, सुरक्षा निकाय, जनप्रतिनिधि र भारतीय पक्षबीच भएको छलफलमा भारतीय नागरिकका तर्फबाट सुरक्षार्थ खटिएका नेपाली सुरक्षाकर्मीमाथि भएको दुव्र्यवहारप्रति भारतीय नागरिक र भारत तर्फका सुरक्षा निकाय, प्रशासन लगायतले माफी मागेको जिल्ला समन्वय समिति संयोजक सोमनाथ पोर्तेलले जानकारी दिनुभयो ।
कोरोना भाइरस संक्रमण जोखिम न्यूनिकरणका लागि नेपाल र भारत दुवैतर्फका सिमानाका बन्द र लकडाउन भएका बेला आफन्तको घरमा नेपाल प्रवेश गर्न लाग्दा भारतीय नागरिकलाई नेपाली सुरक्षाकर्मीले रोकेका थिए । जबरजस्ती नेपाल प्रवेश गर्न खोजेपछि सामान्य कारवाही गरिएको थियो । कारवाही गरेकै कारण भारतीयले नजिकै रहेको आफ्नो बस्ती पुगेर डेढ÷दुईसयको संख्यामा भारतीय ल्याएर आक्रमण प्रयास गरिएको थियो ।
त्यो बेला नेपाली सुरक्षाकर्मीले संयमताका कारण ठूलो दुर्घटना हुनबाट जोगिएको छलफलमा सहभागी नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जनाउनु भएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारआफ्ना नागरिकबाट नेपाली सुरक्षाकर्मीमाथिको दुव्र्यवहार प्रति भारतीय पक्षले माग्यो माफी
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img