झापा २१ बैशाख । थप १० जनामा कोरोना संक्रमण पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ६९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार आइतबार पर्साका ३६ वर्षका एक पुरुष र नेपालगञ्ज प्रयोगशालामा गरिएको परीक्षणबाट ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नेपालगञ्जमा ५ पुरुष र ४ महिलामा कोरोना संक्रमण देखिएको हो । संक्रमण देखिएकाहरु ७ वर्षदेखि ५८ वर्ष उमेरसम्मका भएको कोरोना सम्बन्धी नियमित ‘ब्रिफिङ’ का क्रममा प्रवक्ता देवकोटाले संक्रमणको अवस्थाबारे जानकारी गराउनु भएको हो । नेपालगञ्जमा कोरोना संक्रमण पुष्टि भएकाहरुलाई थप उपचारका लागि अस्पताल लाने क्रम भइरहेको बताइको छ ।
उहाँका अनुसार आजसम्ममा १३ हजार चारसय १५ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने आरडिटी विधिबाट परिक्षण गराउनेको संख्या ४९ हजार छसय ८८ पुगेको छ । देशभरमा २१ हजार नौसय ५१ क्वारेन्टाइनमा हुँदा ७७ जना आइसोलेसनमा भएको देवकोटाले जानकारी दिनुभयो ।
थप १० जनामा कोरोना संक्रमण पुष्टि

































































































