Homeसमाचारटायरमा हावा भर्ने क्रममा एकको मृत्यु

टायरमा हावा भर्ने क्रममा एकको मृत्यु

विराटनगर १७ बैशाख । सवारी साधनको टायर हावा भर्ने क्रममा टायर पड्किंंदा विराटनगर महानगरपालिका वडा नम्बर १३ मा एकजनाको घटनास्थलमै मृत्यु भएको छ।
बुधबार दिउँसो लकडाउनको क्रममा सवारीसाधनको चक्कामा हावा भर्ने क्रममा टायर पड्किएको ईलाका प्रहरी कार्यालय रानी विराटनगरले जनाएको छ।
लकडाउनका क्रममा पसलमा रहेको पुरानो टायरमा हावा भर्दा दुर्घटना भएको इलाका प्रहरी कार्यालयले जनाएको छ । सो क्रममा भारत समस्तीपुरका २५ वर्षीय मोहम्मद हैदरको घटनास्थलमा मृत्यु भएको बताइएको छ ।
पुरानो टायरमा हावा हाल्ने क्रममा रिंग उछिट्टिएर उनको टाउँको र शरीरमा लागेको प्रहरीको भनाई छ। केहीसमयदेखि पुरानो तथा पम्चर टायर बनाउने काम गर्दै आएका हैदर विराटनगरको १३ मा अस्थायी रुपमा बसोबास गर्दै आएका थिए।
हैदरको शव कानूनी प्रक्रियाका लागि विराटनगरको कोशी अस्पताल लगिएको र थप अनुसन्धान भइरहेको प्रहरी कार्यालयले जनाएको छ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारटायरमा हावा भर्ने क्रममा एकको मृत्यु
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img