काठमाडौं १७ बैशाख । नेपालमा फेरि थप एक जना कोरोना संक्रमित थपिएका छन् । वीरगन्जका एक पुरूषमा कोरोना संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डाक्टर बासुदेव पाण्डेले जानकारी दिनुभयो ।
यसअघि बुधबार नै एकैदिन तीनजना व्यक्तिमा कोरोनाभाइरस (कोभिड(१९) को संक्रमण देखिएको थियो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको हो।
तीनमध्ये दुई जना बारा र एक जना (पर्सा)वीरगन्जका छन् । स्रोतका अनुसार तीनै जना यसअघि वीरगन्ज–१६ स्थित इनरुवाका कोरोना संक्रमित व्यक्तिसँगै दिल्लीको मर्कजबाट फर्किएको बताइएको छ ।
गत आइतबार पनि वीरगन्जका दुई व्यक्तिमा कोरोना संक्रमण देखिएको थियो। तीमध्ये एकजना महानगरका सफाइ गर्ने कर्मचारी हुन्।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५८ पुगेको छ। जसमा १६ जना निको भएर घर फर्किएका छन् ।
५७ पुग्यो कोरोना संक्रमितको संख्या

































































































