Homeसमाचारसमाचारकांग्रेसले दियो ४८० परिवारलाई राहत

कांग्रेसले दियो ४८० परिवारलाई राहत

दमक १५ बैशाख । नेपाली कांग्रेसको भातृ संगठन नेपाल किसान संघ झापाका सभापति राजेन्द्र भट्ठराई र नेपाली कांग्रेस दमक नगर अन्तर्गत ४ नं वडा समितिको अगुवाईमा ४८० परिवारलाई राहत वितरण गरिएको छ ।
दमक नगरपालिकाले समन्वय समिति तथा टोल विकास समितिको बैठक नै नराखी विभेदपूर्ण तरिकाले राहत वितरण गरेपछि न्यून आय भएका मजदुर तथा विपन्न किसान परिवारलाई प्रतिपरिवार १÷१ बोरा चामल, नून लगायतका सामग्री राहतस्वरुप वितरण गरिएको नेपाल किसान संघ झापाका सभापति राजेन्द्र भटराईले जानकारी दिनुभयो ।
नेपाली कांग्रेसका तर्फबाट दमक नगरपालिका ४ नं वडाको अध्यक्षको उम्मेद्वार समेत रहेका भट्ठराई, ने.का. ४ नं वडा समितिको अगुवाईमा दमक–४ कै धरधरे, चियावगान आसपासमा बसोबास गर्ने मजदुर तथा सुकुम्बासी परिवार र अति विपन्न किसानहरुलाई राहत वितरण गरिएको हो ।


जसअन्तर्गत दमकको धरधरे, चियाबगानको कोठीलाईन, चिया बगानपूर्वमा रहेको सुकुम्बासी बस्ती, मालपोत कार्यालय पूर्वमा रहेका सुकुम्बासी बस्ती, सि.एम.ए. क्याम्पस नजिक ताराबारीमा आश्रित सुकुम्बासी बस्ती, मावा खोलाको डिलमा रहेका सुकुम्बासी बस्ती, दमक–४ स्थित बृद्धआश्रम, डाकिनी लगायतका स्थानमा राहत वितरण गरिएको हो ।
विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण एकमहिनादेखि जारी लकडाउनका कारण मजदुर, सुकुम्बासी, तथा विपन्न परिवारको दैनिकी असहज बनिरहेको अवस्थामा राहत प्राप्त गरेपछि स्थानीयले खुशी ब्यक्त गर्दै धन्यवाद ज्ञापन गरेका छन् ।
हाल नेपालमा ५२ जना कोरोना संक्रमीत भइसकेका छन् भने १६ जना उपचारपछि घर फर्किसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । झापामा मात्रै दमक र बाह्रदशीमा गरी दुईजनामा कोरोना संक्रमण पुष्टी भइसकेको छ । राहत वितरणबाट ४८० घरधुरी लाभान्वीत भएका छन् । सरकारले न्यूनतम ३ किलोदेखि अधिकतम २० किलोसम्म राहत वितरण गरिरहेको अवस्थामा कांग्रेस नेता कार्यकर्ताको अगुवाइमा प्रतिपरिवार प्रतिबोरा चामल राहतस्वरुप वितरण गरिएको हो ।

यसैबीच सेवा निवृत्त कर्मचारी समाज झापाले कोरोना बिरूद्ध लड्नका लागि भद्रपुर नगरपालिकालाई १० हजार ५०० आर्थिक सहयोग गरेको छ । कोरोना रोकथामका लागि गरिएको बन्दाबन्दीका कारण रोजगारी गुमाएका अति विपन्न परिवारको गाँस जुटाउन समाजले सो रकम सहयोग गरेको हो ।


समाजका अध्यक्ष धनप्रसाद शिवाकोटी, उपाध्यक्ष रेखा अधिकारी तथा सचिव चेतनाथ भट्टराई, सल्लाहकार अम्बरबहादुर कार्की, सदस्य बलदेब शाह लगायतको नेतृत्वमा गएको टोलीले भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठलाई रकम हस्तान्तरण गरेका थिए ।
समाजले दैनिक ज्यालादारीमा जीवन गुजारा गर्दै आएका श्रमिकको गाँस जुटाउन सामाजिक उत्तरदायित्व अन्र्तगत रमक हस्तान्तरण गरेको सचिव भट्टराईले जानकारी दिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसमाचारकांग्रेसले दियो ४८० परिवारलाई राहत
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img