Homeसमाचारबाह्रदशीमा भोलीदेखि कन्ट्रयाक ट्रेसिङ, १० दिन सिल

बाह्रदशीमा भोलीदेखि कन्ट्रयाक ट्रेसिङ, १० दिन सिल

बाह्रदशी १५ बैशाख । एक व्यक्तिमा कोरोना भाइरस पोजेटिभ देखिएको बाह्रदशी गाउँपालिकामा मंगलबारदेखि कन्ट्रयाक ट्रेसिङ तथा कोरोना परीक्षणका लागि नमूना संकलन शुरु गरिने भएको छ ।
नमूना संकलन पूर्व आज (सोमबार) सरुवा रोग नियन्त्रण महाशाखा (इपिडिमियोलोजी) बाट बाह्रदशी पुगेको जिल्ला तथा महाशाखाको टोलीले संक्रमण पुष्टि भएका व्यक्तिका आफन्तको स्वास्थ्य परीक्षणका लागि लिइने नमूना संकलन सम्बन्धी स्वास्थ्यकर्मीलाई तालिम समेत दिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रप्रसाद दाहालले जानकारी दिनुभयो ।
मंगलबारदेखि शुरु गरिने नमूना संकलनमा संक्रमण पुष्टि भएका व्यक्तिका नजिकका मान्छेलाई पहिलो प्राथमिकता दिने बताइएको छ । गाउँपालिकाले आउन सक्ने संभावित कुराहरुलाई ध्यानमा राखेर सोमबारदेखि एउटा एम्बूलेन्सलाई तयारी अवस्थामा राखिएको अधिकृत दाहालले जानकारी दिनुभयो ।
उहाँका अनुसार आगामी ती व्यक्तिको घर आसपासको पूर्व–पश्चिम, उत्तर र दक्षिण चारैतिर आगाम ि१० दिनसम्मका लागि सिल गरिएको छ । सिल अवधीमा स्थानीयले आफ्नो घर–बाहिर, भित्र र आफ्नै खेतबारी भन्दा बाहेक अन्यत्र कतै पनि जान पाउने छैनन् ।
सो क्षेत्रको सोमबारै झापाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी तथा शसस्त्र प्रहरीका प्रमुखहरुले स्थलगत अवलोकन गरेका छन् । बाह्रदशी गाउँपालिका अन्तरगत साविक चकचकीको वडा नंं.–१, ५ र ७ तथा बाह्रदशीको साविक–३ नम्बर वडाका केही भाग सोमबारदेखि सिल गरिएको गाउँपालिकाकी उपाध्यक्ष रत्ना राजवंशीले जानकारी दिनुभयो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारबाह्रदशीमा भोलीदेखि कन्ट्रयाक ट्रेसिङ, १० दिन सिल
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img