
दमक १३ बैशाख । झापा दमक–३ का ६२ वर्षीया एक व्यक्तिमा कोरोना पोजेटिभ देखिएका व्यक्तिका नजिकका मानिसहरुको कन्ट्रयाक ट्रेसिङ शुरु गरिएको छ ।
गएरातिदेखि नै वडालाई शील गरी संक्रमित व्यक्तिका नजिकका २५ जना मानिसलाई कन्ट्रयाक ट्रेसिङमार्फत पहिचान गरिएको बताइएको छ ।
दमक नगरपालिकासंगको समन्वयमा गएरातिदेखि नै वडालाई शिल गरी कन्ट्रयाक ट्रेसिङको कार्य शरु गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख कृष्णप्रसाद कोइरालाले जानकारी दिनुभयो ।
कोरोना संक्रमण पोजेटिभ देखिएको वडाका सबै नागरिकको स्वास्थ्य परिक्षण गर्नका लागि दमक नगरपालिकाको उत्तरमा मावा पुलदेखि बेलडाँगी–१ सम्म, दक्षिणमा कृष्ण मन्दिर राजमार्ग उत्तर, पूर्वमा हिमालय माविदेखि बेलडाँगी–१ सम्म, र पश्चिममा मावा खोलासम्मको क्षेत्रमा आवत–जावत लगायत कुनैपनि गतिविधि पूर्ण रुपमा निषेद गरिएको उपप्रमुख अधिकारीले जानकारी दिनुभयो ।
गत चैत–४ गते दुवईबाट दमक घर आएका ३० वर्षीय एक युवकबाट बुबालाई कोरोनाको संक्रमण सरेको हुन सक्ने आशंका भन्दै वडालाई शील गरिएको बताइएको छ ।
पोजेटिभ भेटिएका ६२ वर्षीय बृद्वालाई कोशी कोभिड अस्पताल विराटनगर पठाइएको उपप्रमुख अधिकारीले बताउनु भयो ।
अहिले नगरपालिकाले संक्रमित वृद्व र ती युवकसँग सिधा सम्पर्कमा आएका व्यक्तिहरुको विवरण लिने काम गरिरहेको छ । प्रमुख जिल्ला अधिकरी उदयबहादुर रानामगरले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको टोली संक्रमित वृद्वको घर गाउँमा पुगेर काम शुरु गरिसकेको जानकारी दिनुभयो ।
स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौँलागाईले वृद्वसँग सम्पर्कमा आएका व्यक्ति धेरै हुनसक्ने भएकाले स्वाब परिक्षण गर्ने राख्ने भाँडो ‘भिटिएम’ र किटको अभाव रहेको बताउनु भयो ।
नेपाल एयरलायन्सको जहाजमा दुवईबाट चैत–४ गते नेपाल आएका एक युवादेखि उनका बुबामा कोरोना संक्रमण भएको प्रहरी कार्यालय झापाका प्रमुख एसपी कृष्णप्रसाद कोइरालाले बताउनु भयो ।

































































































