Homeसमाचारवल्र्डभिजनद्वारा प्रदेश १ सरकारलाई रु. ३४ लाखको पीपीई सेट हस्तान्तरण

वल्र्डभिजनद्वारा प्रदेश १ सरकारलाई रु. ३४ लाखको पीपीई सेट हस्तान्तरण

विराटनगर १२ बैशाख । वल्र्ड भिजन इन्टरनेशनलले रु. ३४ लाखको व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) र ३२ थान आईआर थर्मामिटर प्रदान गरेको छ ।
कार्यक्षेत्रका मोरङ, सुनसरी र उदयपुर जिल्लामा स्थानीय तहसँगको समन्वयमा विभिन्न सामग्रीहरु हस्तान्तरण गरेको पनि अमात्यले मुख्यमन्त्री राईलाई शुक्रबार मुख्यमन्त्री कार्यालयमा यसबारे पनि जानकारी गराए हुन ।
वल्र्ड भिजनले प्रदेश सरकारलाई एन ९५ मास्क, सर्जिकल मास्क, मेडिकल प्रोटेक्टिभ क्लोथ, इलेक्ट्रोनिक थर्मामिटर, ग्लोब्स, ह्याण्ड सेनिटाईजरलगायत १० प्रकारका सामग्री समावेश गरिएको २ सय १५ थान पीपीई सेट हस्तान्तरण गरेको संस्थाका पब्लिक इन्गेजमेन्ट स्पेसलिस्ट प्रमिल अधिकारीले बताए । त्यस अवसरमा साझेदार संस्थाका तर्फबाट नारी विकास संघ विराटनगरकी अध्यक्ष सीता शर्मा, राष्ट्रिय सामुदायिक विकास केन्द्रका अध्यक्ष नारायण कार्कीलगायत पनि सहभागी थिए ।
वल्र्डभिजनको सहयोग बुझ्दै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले कोरोना संक्रमण नियन्त्रण गर्न प्रदेश सरकारले राम्रो तयारी गरेको बताएका छन् । उनले परिस्थितिलाई काबुमा राख्न सक्नेसमेत दाबी गरेका छन् ।
राईले भने,‘‘अहिले नै आत्तिहाल्नु पर्ने अवस्था आएको छैन । सरकारले तयारी र संक्रमण फैलन नदिन सबै तयारी गरेको छ ।’’ अन्तर्राष्ट्रिय गैरसरकारी संस्था वल्र्ड भिजन इन्टरनेशनलले शुक्रबार मुख्यमन्त्री कार्यालयमा आयोजना गरेको व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) सेट हस्तान्तरणको अवसरमा मुख्यमन्त्री राईले उपस्थितहरुलाई सरकारको तयारीबारे जानकारी गराएका हुन । ‘‘पछिल्लो समय कोरोना भाईरसको संक्रमणको मात्रा प्रदेश १ मा बढेको छ’’, राईले भने,‘‘संख्या अझै बढ्न सक्छ तर हामी आत्तिएर वा हतोत्साही भएर होइन सबै निकाय एकढिक्का भएर यसको सामनामा लाग्नुपर्छ ।’’ त्यस अवसरमा वल्र्ड भिजन इन्टरनेशनल पूर्वक्षेत्रीय व्यवस्थापक विनय अमात्यले २ सय १५ थान पीपीई सेट मुख्यमन्त्री राईलाई हस्तान्तरण गरे ।

प्रदेश १ कोरोना जनसुरक्षा कोषमा २८ करोड ७८ लाख

प्रदेश १ सरकारले कारोना रोकथाम, नियन्त्रण र उपचारको लागि स्थापना गरेको कोरोना जनसुरक्षा कोषमा हालसम्म कूल रु. २८ करोड ७८ लाख ८६ हजार सात सय २५ रुपैयाँ जम्मा भएको छ । यो कोषमा प्रदेश सरकारले २५ करोड रकम जम्मा गरेको थियो । यो कोषमा विभिन्न संघसंस्था, वित्तिय क्षेत्र, उद्योगी, व्यवसायी, कर्मचारी लगायतले रकम जम्मा गर्ने क्रम जारी रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव मुकुन्द प्रसाद निरौलाले जानकारी दिनुभयो ।
कोषबाट कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि १२ करोड ६ लाख खर्च भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका लेखा अधिकृत योग्य प्रसाद राईले जानकारी दिनुभयो । राष्ट्रिय बाणिज्य बैङ्क विराटनगर शाखाको कोरोना जनसुरक्षा कोष खाता नं २१२०००५८८१०१ मा जम्मा गर्न तथा फोन पेबाट पनि रकम जम्मा गर्न सकिने मुख्यमन्त्री कार्यालयले जनाएको छ

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारवल्र्डभिजनद्वारा प्रदेश १ सरकारलाई रु. ३४ लाखको पीपीई सेट हस्तान्तरण
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img