Homeसमाचारपत्रकारलाई स्वास्थ्य सामग्री हस्तान्तरण

पत्रकारलाई स्वास्थ्य सामग्री हस्तान्तरण

झापा ५ वैसाख । नेपाल औषधी व्यवसायी संघ मेची र भद्रपुरका कैलाश सरियाले पत्रकार महासंघ झापा लगायतका संघ संस्थालाई आज स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् ।
औषधी व्यवसायी संघका उपाध्यक्ष सूरेन्द्र प्रधान, महासचिव वासु दुलाल र डा. एस के झाले नेपाल पत्रकार महासंघ झापा शाखालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् । सर्जिकल मास्क र सेनेटाइजर तीन तीन प्याकेट र दुई प्याकेट ग्लोब्स पत्रकार महासंघ झापाका अध्यक्ष तारामणि सापकोटासहितको टोलीलाई विर्तामोडमा हस्तान्तरण गरेका हुन् ।
यसैगरी भद्रपुरका कैलाश सरियाले कपडाको तीन सय थान मास्क पत्रकारका लागि सहयोग गर्नुभएको छ । उहाँले भद्रपुर नगरपालिकालाई ४ हजार ५ सय थाल, जिल्ला प्रहरी कार्यालय झापालाई १ हजार ४ सय, सशस्त्र प्रहरी, जिल्ला प्रशासन कार्यालय झापालाई १÷१ हजार र जिल्ला कारागारलाई एक हजार दुई सय थान तथा अन्य संघ संस्था र कार्यालयसहितलार्ई ५ हजार ९ सय थान मास्क भद्रपुरमा हस्तान्तरण गर्नुभएको हो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारपत्रकारलाई स्वास्थ्य सामग्री हस्तान्तरण
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img