Homeसमाचार'हनिमुन मनाउन हिंडेका होइनन् सरकार'

‘हनिमुन मनाउन हिंडेका होइनन् सरकार’

झापा ५ बैशाख । नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले लकडाउनका बेला सयौं किलोमिटर हिडेर घरतर्फ हिंडेका जनतालाई टुलुटुलु हेरेर नबस्न सरकारलाई आग्रह गर्नु भएको छ ।
खान नपाएर कष्टपूर्ण अवस्थाका बाबजुद बालबालिका च्यापेर घर फर्कन हिंडेका दृष्यहरुको सरकारले बेवास्ता गरेको पाइएको बताउँदै शर्माले कम्तीमा नागरिकलाई सरकार भएको अनुभूति दिलाउन आग्रह गर्नुभएको छ । शर्माले सरकारलाई प्रधानमन्त्रीको कोही भोकै मर्दैन भन्ने भनाईलाई साकार पार्न अनुरोध गर्नुभएको छ ।
उहाँले भन्नुभयो–‘काठमाडौंबाट हिंडेका जनता हनिमुन मनाउन हिंडेका होइनन्, भोकले हिंडेका हुन्, मान्छेको मृत्यु कोरोनाले मात्र हुँदैन भोकले पनि मर्छ, त्यसैले सरकारलाई गम्भिर बन्न आग्रह गर्छु ।’
गरिब जनताको आय आर्जन ठप्प भएपछि जनजीवन के होला भन्ने कुरालाई सरकारले सोच्नुपर्नेमा जोड दिंदै शर्माले भन्नुभयो–‘लकडाउनले कोरोनाको डिफेन्स गर्न सजिलो होला, तर यो लम्बिंदै जाँदा र पर्याप्त राहत नहुँदाको अवस्था के होला ?’
भोकमरीको अवस्था आउन नदिन पर्याप्त राहत पुर्याउने, राहत पुर्याउन नसकेमा घर पुर्याउने र तेस्रोमा न राहत न घर टुलुटुल हेर्ने सरकारसंग तीनवटा विकल्प रहेको बताउँदै नेता शर्माले टुलुटुलु हेर्ने भन्दा राहत बढाउने र घर पुर्याउने कुरामा जोड दिन सरकारलाई अनुरोध समेत गर्नुभएको छ ।
कोरोना परीक्षण (पिसिआर) लाई व्यापक बनाउन सुझाउनु भएका शर्माले भोकमरीबाट जोगाउन राहतलाई नै बढाउनु पर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो–‘संभव भए मेरो पनि स्वास्थ्य टेष्ट गराउन पाए हुन्थ्यो, पूर्व मेचीदेखि पश्चिम महाकालीका विभिन्न सिमानाकाबाट कति मानिसहरु भित्रिरहेका होलान्, शर्माले अगाडि थप्नुभयो–‘कोरोना परीक्षणको पहुँच सबैमा पुर्याउने तर्फ सरकारले लाग्नुपर्छ, घुम्ती परीक्षण शिविरमा ध्यान दिन आग्रह गर्छु ।’
गरिब जनताले अहिले जग्गा भन्दा जाउलो मागेको बताउँदै उहाँले भारी बहुमतको सरकारले जतिबेला पनि सुकुम्वासी समस्या समाधानका लागि निर्णय गर्न सक्ने बताउँदै कोरोनाको संकटमा मुलुक जुधिरहेका बेला थप व्ययभार थपिने गरि गरिएको निर्णय समय सान्दर्भिक नभएको टिप्पणी गर्नुभयो । सरकारले यसैसाता नेकपा नेता देवी ज्ञवालीलाई सुकुम्वासी समस्या समाधानका लागि जिम्मेवारी दिएको सार्वजनिक भएको छ ।
सरकारमा नभएपनि संकटमा प्रतिपक्ष दल सरकारको साथमा रहेको स्पष्ट पार्दै उहाँले नागरिकलाई सरकार भएको अनुभूति दिलाउन सुझाउनु भयो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचार'हनिमुन मनाउन हिंडेका होइनन् सरकार'
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img