Homeसमाचारतरकारीको आकासिंदो मूल्य नियन्त्रण आवश्यक

तरकारीको आकासिंदो मूल्य नियन्त्रण आवश्यक

विर्तामोड ३० चैत । कोरोना भाइरस संक्रमण जोखिम कम गर्न मुलुकमा लकडाउन लागु भएको शनिवार २० दिन भयो । लकडाउनका २० औं दिनमा आइपुग्दा दैनिक ज्याला मजदुरी गरी खानेको अवस्था कष्टकर बन्दै गएको छ ।
सरकारले राहतको व्यवस्था गरेपनि दैनिक भान्सामा आवश्यक तरकारीमा चर्को मूल्य तिर्नुपर्दा उपभोक्ताको भान्सा महंगिको मारमा भासिंदै गएको गुनासो आउन थालेको छ ।
घरमा बसौं, घर बाहिर निस्केर कोरोना नभित्र्याऔं भन्ने कुरा आम मानिसका लागि भएपनि दैनिक भान्सा महंगिदै जाँदा त्यसको पालना कतिञ्जेल होला भन्ने चिन्ता थपिएको छ । सरकारले चामल दिएपनि तरकारीको मूल्य आकाशिएपछि चिन्ता थपिएको हो ।
आकासिएको तरकारीको मूल्यले जनताले सरकारले वितरण गरेको राहत भन्दा आहत थपिएको विर्तामोड–५ कि रुपा राजवंशीले बताउनु भयो ।
आफ्नो क्षेत्रमा सबै मजदुरी गरेर बाँच्ने समुदायलाई राहतले ठेलामा आएको तरकारी किनेर खानै नसक्ने अवस्थामा पुगेको बताउँदै उहाँले भन्नुभयो–‘सबै मजदुर कुल्ली र अलैंची काटेर जिविका धान्ने छन् दुवै काम बन्द छ , ४ किलो राहतले कति खानु, सय रुपैयाँ गोटाको लौका किनेर कसरी खान सक्छन् ? एकछाक पुग्दैन ।’
ठेलामा घर अगाडी तरकारी आएको छ, सजिलै छ, तर महंगीले किनेर खाइसक्नु छैन । कसरी बाँच्छन् मान्छे ? उनको प्रश्न थियो ।

अनुगमनका क्रममा पाइएको बजार भाऊको सूची


लकडाउन पहिले २० रुपैयाँमा पाउने रायोको साग अहिले ३० देखि ५० रुपैयाँसम्म पुगेको बताउनु भयो । मसलाका रुपमा प्रयोग गरिने लसुनको मूल्य त झन आकाशिएको उहाँको अनुभव छ । बन्द अघि ५० रुपैयाँसम्ममा लसुन पाइन्थ्यो उहाँले भन्नुभयो–लकडाउन भएपछि असि रुपैयाँ पुगेको थियो अहिले त सय रुपैयाँ पावा रे ।’
तरकारीको मूल्य आकासिएको विर्तामोड–५ कै विष्णुमाया पौडेल पनि बताउनु हुन्छ । आफूलाई कटहरको तरकारी मन औधी मन पर्ने र यो बेला कटहरको सिजन भएको भन्दै कटहर किन्न बजार पुग्नु भएकी पौडेल किन्न नसकि फर्किनु भयो रे । दाम सुन्दै डर लाग्यो कसरी ल्याउनु उहाँले भन्नुभयो–‘किलोको ८० अरे, एककिलो कटर कति हुन्छ ? आधी भन्दा धेर फ्याक्नु पर्छ कति खानु ? पैसाको नास ।’ अघिल्लो साल यही समयमा २५ देखि ४० रुपैयाँसम्ममा कटहर किनेको उहाँले बताउनु भयो ।


यो बेला गाउँ–घर आफन्त कहाँ तरकारी पर्याप्त पाउने भएपनि घरबाट बाहिर निस्कन नपाएका कारण महंगोमा परिएको उपभोक्ताको भनाइ छ । सरकार घरभित्रै बस भन्छ, बाहिर निस्कियो, प्रहरीले खेदाउँछ–टाढा जान पाइन्न नजिकमा आएको किनेर खाने अवस्था छैन कसरी बाँच्नु ?’
तरकारीको आकासिदो मूल्य नियन्त्रण गर्न जरुरी रहेको सामाजिक अभियान्ता प्रेमा भट्टराईले बताउनु भयो । राहतका नाममा चामल, दाल, नून वितरण गरेपनि तरकारीमा आकासिएको मूल्यका कारण नागरिकले राहतको महसुस गर्न नसक्दे भएकाले त्यसमा स्थानीय तहले तदारुकता देखाउनुपर्नेमा उहाँको जोड छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारतरकारीको आकासिंदो मूल्य नियन्त्रण आवश्यक
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img