Homeसमाचारप्रदेश १ मा डाइग्नोष्टिक परिक्षण शुरु

प्रदेश १ मा डाइग्नोष्टिक परिक्षण शुरु

विराटनगर २९ चैत । प्रदेश १ मा छरितो ढंगबाट कोरोना भए नभएको पत्ता लगाउन गरिने परीक्षण विधि (रयापिड डाइग्नोष्टिक टेस्ट) शुरु भएको छ ।
स्वास्थ्यकर्मीले सङ्कलन गरेको कूल ९३ नमूनाको रयापिड डाइग्नोस्टिक परीक्षण गर्दा कसैमा पनि कोरोना नदेखिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कोरोना सूचना डेस्कले जानकारी दिएको छ । जम्मा ७ महिला र ८६ पुरुषको नमूना संकलन गरी परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ डेस्कले जानकारी दिएको हो । परीक्षणका लागि विराटगरको कोशी अस्पतालमा काठमाडौपछि अधिक परीक्षण गर्न सक्ने ल्याब समेत संचालनमा आईसकेको छ ।
प्रदेश १ का मुख्यमन्त्री शेधरन राईले सरकारको ध्यान ठूलो संख्यामा परीक्षण गर्नेतर्फ केन्द्रीत हुने बताउनु भएको छ । उता संभावित कोरोना परीक्षणको लागि नमूना संकलन तथा परीक्षण (पीसीआर) अन्तर्गत गरिएको अहिलेसम्मको परीक्षणमा समेत प्रदेश १ मा कोरोना नभएको देखिएको छ ।
यसतर्फ कुल २ सय ११ नमूना संकलन भई परीक्षण गरिएकोमा ३६ महिलासहित १ सय ५३ पुरुषको रिपोर्ट नेगेटिभ देखिएको छ । शनिबार जम्मा ४ महिला र २७ पुरुष गरी जम्मा ३१ जनाको नमूना पठाइएको छ । प्रदेश सरकारद्वारा धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नमुना परीक्षणको प्रबन्ध गरिएको छ ।
सरकारले विभिन्न स्थानमा संचालन गरेका क्वारेन्टाइन राखिएका सर्वसाधारणको नमूना संकलन गर्न शुक्रबारबाट पाँच स्थानमा स्वास्थ्यकर्मी परिचालन गरिएको छ । झापा, मोरङ र उदयपुरमा निर्मित क्वारेन्टाइन स्थलमा पुगेर स्वास्थ्यकर्मीले नमूना संकलन गरिरहेका छन् । प्रतिष्ठानबाट दिनमा १२ जनाको दरले स्वाब टेस्ट भइरहेको छ ।
यता, शनिबारसम्म प्रदेश १ मा क्वारेन्टाइनमा बस्नेको संख्या ५ सय ९२ पुगेको छ । शनिबार ३९ जना थपिएका हुन । आइसोलेसन बेडमा जम्मा १० जनालाई राखिएको छ । होम क्वारेन्टाइनमा ३ हजार ४ सय १७ जना बसिरहेको डेस्कले जनाएको छ । आइसोलेसनबाट २२ र क्वारेन्टाइनबाट ५५ जना डिस्चार्ज भएको कोरोना सूचना डेस्कले जनाएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारप्रदेश १ मा डाइग्नोष्टिक परिक्षण शुरु
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img