Homeसमाचारसहाराको ५० लाख छ स्थानीय तहलाई

सहाराको ५० लाख छ स्थानीय तहलाई

बिर्तामोड ३० चैत । कोरोना भाइरस विरुद्धको अभियानमा राहतका लागि सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था बिर्तामोडले छुट्याएको ५० लाख रुपैयाँ रकम झापाका ६ वटा स्थानीय तहलाई हस्तान्तरण गरेको छ ।
कोरोना भाइरसका कारण देश लकडाउनमा रहेको भन्दै विपन्न परिवारलाई राहत उपलब्ध गराउने उद्देश्यले संस्थाले झापाका ५ वटा नगरपालिका र एउटा गाउँपालिकालाई आइतबार चेक हस्तान्तरण गरेको हो ।
लक्ष्मीपुर तथा सुरुङ्गा सेवा केन्द्रको संयुक्त आयोजनामा संस्थाको केन्द्रिय कार्यालयले छुट्याएको एकलाख ११ हजार रुपैयाँको चेक कनकाई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेललाई हस्तान्तरण गरिएको छ । साकोसका सञ्चालक समिति सदस्य पदम भट्टराईले नगर प्रमुख तथा उपप्रमुख मञ्जु प्रसाईलाई चेक प्रदान गरेका हुन् ।
चेक हस्तान्तरण कार्यक्रममा लक्ष्मीपुर सेवा केन्द्रका संयोजक केदार सम्शेर गिरी, लक्ष्मीपुर सेवा केन्द्रका प्रमुख उमेश भारती, सुरुङ्गा सेवा केन्द्र संयोजक खड्ग प्रसाई, सुरुङ्गा सेवा केन्द्रकी प्रमुख गोमा बस्नेत, शिवगञ्ज सेवा केन्द्र प्रमुख टीका प्रधान, कनकाई नगर कार्यपालिका सदस्य सुनिता सिग्देल, संस्थाका शेयर सदस्य चित्रकुमारी तिवारी, मैया तिवारीलगायतको उपस्थिति थियो ।
साकोसले अर्जुनधारा, शिवसताक्षी, मेचीनगर नगरपालिकालाई प्रतिनगरपालिका १ लाख ११ हजार÷१ लाख ११ हजार र बिर्तामोड नगरपालिकालाई १ लाख ७१ हजार, र बुद्धशान्ति गाउँपालिकालाई ६१ हजार रुपैयाँ राहत वितरणका लागि हस्तान्तरण गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत महेन्द्र गिरीले जानकारी दिनुभयो ।
उनले बिराटनगर उपमहानगर पालिकालाई एकलाख ११ हजार र प्रदेश नं. १ का ६ वटै जिल्लाका सम्पूर्ण स्थानीय तह अन्र्तगत नगरपालिकालाई ५० हजार र गाउँपालिकालाई २५ हजारका दरले राहत रकम वितरण गरिने बताउनु भयो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसहाराको ५० लाख छ स्थानीय तहलाई
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img