Homeसमाचारबारीमै तरकारी कुहिन थालेपछि किसान चिन्तित

बारीमै तरकारी कुहिन थालेपछि किसान चिन्तित

द्रोण अधिकारी
भद्रपुर २८ चैत । तरकारी खेती मार्फत जीवन गुजारा गरिरहेका उत्तरी झापाका अधिकांस किसान आफ्नो उत्पादन बेच्न नपाएपछि निरास भएका छन् ।


कोरोना संक्रमण जोखिम न्यूनिकरणका लागि गरिएको लक डाउनका कारण बारीमा उत्पादन भएका तरकारी बजार पठाउन नसकेपछि साहुको ऋण र वर्षभरी परिवार धान्ने आर्थिक जोहो गुम्ने खतरा बढेको भन्दै कृषकहरू निरास भएका हुन् । उत्तरी झापाका किसानका बारीमा उत्पादित तरकारी उपभोक्ताका घर घर पुग्न नसकिरहेका बेला भारतीय बजारबाट ट्रकका ट्रक तरकारी भित्रिने गरिरहेको छ । सवारी साधन लिएर खुद्रा व्यापारी उत्तरी झापा पुग्न नसक्ने तर, भारतबाट खाद्यन्न ढुवानी हुने सवारी साधन नेपाल प्रवेश पाउने भएपछि उत्तरी झापामा उत्पादित साग सब्जी बारीमै कुहिने अवस्था आएको हो ।
साविकका बाहुण्डाँगी, शान्तिनगर, बुधवारे, खुदुनावारी लगायतका क्षेत्रमा व्यवसायिक रूपमा तरकारी हुने गरेको छ । यस क्षेत्रबाट उत्पादित तरकारी विर्तामोड स्थित कृषि थोक बजारमा लगेर कृषकले बेच्ने गरेका छन् । दुई हप्तायता कृषिथोक बजार बन्द भएपछि उत्तरी झापामा उत्पादित सागसब्जी बारीमै कुहिन थालेको छ । विभिन्न सहकारी तथा व्यक्तिगत प्रयासमा गरिएको तरकारी खेतीले झापा लगायत आसपास क्षेत्रका बासिन्दालाई साग सब्जीको माग धानिरहेको छ । तर, मुख्य बजार बन्द भएपछि कृषकका उत्पादन खेत बारीमै सिमित बनेको पीडित कृषकहरूको गुनासो छ ।
बुद्धशान्ति ५ शान्तिनगरका कृषक धनबहादुर श्रेष्ठका अनुसार त्यस वडामा मात्र २ सय विगाह बढी क्षेत्रफलमा लगाइएको तरकारी जन्य उत्पादन बजार पठाउन नसक्दा कुहिने अवस्था पुगेकोे छ । कृषकहरूले विभिन्न सहकारी तथा व्यक्तिगत लगानीमा गरेको तरकारी खेतीबाट सयौं परिवारले जीवन धानिरहेको बताउँदै श्रेष्ठले भारतीय बजारबाट साग सब्जी नेपाल भित्रिरहेको भए पनि नेपाली साग सब्जीले बिक्री हुने ठाउँ नपाएको गरे । श्रेष्ठका अनुसार स्थानीय सरकारले समेत कृषकको समस्या नसुनिदिँदा बारीमै तरकारी कुहिने अवस्था आएको हो ।
हिउँदे तरकारीको अन्तिम सिजन भएकोले यस बेला टमटर, मटर, बन्दाकोपी, भिण्डी, भाण्टा, सिमी, विभिन्न सागपात, फर्सी, लौका लगायत उत्पादित भइरहेको उत्तरी झापाका सयौं कृषकको पेशा नै संकटमा परेको छ । कृषकहरू स्थानीय उत्पादनलाई बजारीकरण गर्न सरकारले ध्यान नदिएको गुनासो गरेका छन् । भारतीय उत्पादनले भन्दा नेपाली उत्पादनले निर्वाध बजार पाउने वातावरण बन्नु पर्ने उनीहरूको माग छ ।
पछिल्लो समय भारतबाट आयात हुने तरकारी तथा तरकारीजन्य सामग्री आयातमा रोक लगाइएको बताइए पनि खाद्यान्न आयात गर्ने गाडीमा तरकारी समेत आउने गरेको किसानले बताउँदै आएका छन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारबारीमै तरकारी कुहिन थालेपछि किसान चिन्तित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img