Homeसमाचार'लकडाउन छिट्टै अन्त्य नहुने

‘लकडाउन छिट्टै अन्त्य नहुने

काठमाडौं २९ चैत । प्रधामनन्त्री केपी शर्मा ओलीले लकडाउन छिट्टै अन्त्य नहुने बताउनु भएको छ ।
शनिवार सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग भिडियो कन्फरेन्स मार्फत कुरा गर्दै प्रधानमन्त्री ओलीले संक्रमण फैलिनबाट सबै सचेत हुनु अनिवार्य रहेको बताउँदै प्रधानमन्त्री ओलीले भारतमा संक्रमण फैलिने क्रम बढिरहेको देख्दा–देख्दै यहाँ लकडाउन खुला गर्ने कुरा हुन नसकिने स्पष्ट पार्दै लकडाउन लम्बिने संकेत गर्नु भएको हो ।
सो क्रममा कोरोना भाइरस (कोभिड( १९) महामारी विरुद्ध लड्न सरकार भन्दा भिन्न संयन्त्र आवश्यक नरहेको बताउनु भयो ।
सरकार स्वयंले बैधानिक अथोरिटीका साथ काम गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो–‘सरकार भन्दा भिन्न कुनै संयन्त्र आवश्यकता छैन, सरकार स्वयंले अथोरिटीका साथ काम गरेको हुनाले १५ दिन घरमा बस्दै बीचबीचमा एकपटक निर्देशन दिएजस्तो गरी सरकारले काम गरोस् भन्ने जस्तो नगरौं ।’
सीमामा अझ कडाइ गर्नुपर्ने बताउँदै मुख्यमन्त्रीहरुलाई नरम बनेर लापरबाही नगर्न आग्रह समेत गर्नुभयो । विहान साढे ११ देखि पौने चार बजेसम्म सिंहदरबारस्थित एक्सन रूमबाट प्रधानमत्रीले पालै–पालो मुख्यमन्त्रीहरुसँग भिडियो कन्फरेन्स गर्नुभएको स्रोतले जनाएको छ ।
सातवटै प्रदेशका मुख्यमन्त्रीहरूले आ–आफ्नो प्रदेशमा कोरोना भाइरस नियन्त्रण, रोकथाम र उपचारको क्रममा गरिएका प्रयासबारे प्रधानमन्त्रीलाई जानकारी गराएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताउनु भयो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचार'लकडाउन छिट्टै अन्त्य नहुने
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img