Homeसमाचारकोरोना सम्बन्धी डिस्प्ले सार्वजनिक

कोरोना सम्बन्धी डिस्प्ले सार्वजनिक

विर्तामोड २८ चैत । जिल्ला स्तरीय कोरोना भाइरस संक्रमण रोकथाम, उपचार जिल्ला अनुगमन तथा समितिले निर्माण गरेको कोरोना भाइरस सम्बन्धी सूचना दिने डिस्प्ले सार्वजनिक गरेको छ ।
विर्तामोडमा शुक्रबार समितिको बैठक पछि आम नागरिकले कोरोना सम्बन्धी जिल्लाका १५ वटै स्थानीय तहमा भइरहेका गतिविधि, क्वारेन्टाइन, संख्या, क्वारेन्टाइनमा बस्नेको संख्या, राहत वितरणको अवस्था, कोरोना उपचारका लागि स्वास्थ्य, सुरक्षामा खटिएको जनशक्ति लगायत सूचना समेटिएको डिस्प्ले सार्वजनिक गरेको हो । आम नागरिकले dccjhapa.gov.np मा हेर्न सकिनेछ ।
डिस्प्ले सार्वजनिक लगायत बैठकले गरेका विभिन्न १० वटा निर्णयबारे जिल्ला समन्वय समितिका संयोजक सोमनाथ पोर्तेलले जानकारी दिनुभयो ।
बैठकले जिल्लाका स्थानीय तहमा वितरित राहत स्थानीय तहपिच्छे नै फरक देखिएको भन्दै राहत वितरणमा एकरुपता ल्याउन नीति बनाउन प्रदेश सरकार समक्ष अनुरोध गर्ने, किसानलाई आवश्यक रासायनिक मल माग अनुसार आपूर्ति गर्न सम्बन्धित निकायलाई अनुरोध गर्ने मल वितरणमा सामाजिक दुरी कायम गर्न अनुरोध गर्ने, कृषिमा सिंचाईका लागि इन्धनको व्यवस्थाका लागि अनुरोध गर्ने, किसानका खाद्यान्न सम्बन्धी उद्योग सञ्चालनको व्यवस्था मिलाउने, विभिन्न जिल्लाबाट झापा आएका तीनसय ५० बढी विद्यार्थीलाई घर–घर पुर्याउने वातावरण बनाउने, ६ वटा स्थानीय तहका निर्माण गरिने क्वारेन्टाइनको स्थल छनौटका लागि जिल्लास्थित सुरक्षा निकायलाई जिम्मा दिने निर्णय गर्नुका साथै सेना, प्रहरी, रेडक्रससहित र एम्बूलेन्स चालकलाई पिपिइ दिने, जिल्लाभरका सबै स्थानीय तहका कोरोना सम्बन्धीका सूचना एकीकृत गर्ने, सिमा निगरानी समितिलाई सक्रिय बनाउने लगायतका निणर्य गरेको संयोजक पोर्तेलले जानकारी दिनुभयो ।
संयोजक पोर्तेलको संयोजकत्वमा बसेको बैठकमा सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राई, नेकपाका जिल्ला अध्यक्ष चिन्तन पाठक, नेपाली कांग्रेसका जिल्ला सभापति उद्धव थापा, राप्रपाका कमल खरेल, जिल्ला प्रहरी प्रमुख कृष्ण कोइराला, नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालसहित तिनवटै सुरक्षा निकायका प्रमुखहरु लगायत कोरोना भाइरस संक्रमण रोकथाम, उपचार जिल्ला अनुगमन तथा समितिका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारकोरोना सम्बन्धी डिस्प्ले सार्वजनिक
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img