Homeसमाचारबुद्धशान्तिमा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले एक महिनाको सेवा सुविधा राहत कोषमा दिने

बुद्धशान्तिमा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले एक महिनाको सेवा सुविधा राहत कोषमा दिने

रोसन भट्टराई ।
बुधबारे २८ चैत । विश्वभर फैलिरहेको नोवेल कोरोना भाइरसका कारण नेपालमा पनि चैत्र ११ देखि सुरु भएको लकडाउन जारी छ । लकडाउन अझै २०७७ वैशाख ३ गते सम्म जारी रहने छ ।
दोस्रो चरणमा प्रवेश गरेको एकसातासम्म कोरोना संक्रमणको अवस्था स्थिर रहेको सरकारी अधिकारीले जनाएका छन् । तर चैत ११ गतेदेखि निरन्तरको लकडाउनले विपन्न वर्गका मानिसहरुलाई दैनिकी गुजारा गर्न निक्कै कठिन हुन थालेपछि स्थानीय तहहरुले राहत संकलन र वितरण कार्यलाई तीब्रता दिएका छन् ।
दैनिक ज्यालादारी गरी खाने वर्गको कष्टकर बन्दै गएको दैनिकमा राहत वितरणका लागि केही सहयोग पुगोस भन्ने उद्देश्यले बुद्धशान्ति गाउँपालिकामा नेपाली कांग्रेसबाट विजयी भएका सबै जनप्रतिनिधीहरुले चैत्र महिनाको सेवा–सुविधा गाउँपालिकाको कोरोना राहत कोषका लागि दिने भएका छन् ।
७ वटा वडा रहेको बुद्धशान्ति गाउँपालिकामा कांग्रेसको तर्फबाट गाउँपालिका अध्यक्ष रमेश कुमार भुजेल, १ नम्बर वडाध्यक्ष भीमकुमार नेवार, वडा सदस्य टिका धिमाल, ३ नम्बर वडाध्यक्ष कमल उप्रेती, वडा सदस्य वसन लिम्बु र ५ नम्बर वडाध्यक्ष वासुदेव खतिवडा, वडा सदस्य डिल्लीरमण खतिवडा, रीता चौधरी, डेगेन्द्र कार्की, देउमाया दर्जी गरी १० जना जनप्रतिनिधी रहेका छन् ।
गाउँपालिका अध्यक्षको सेवा सुविधा ३२,५००, वडाध्यक्षको १९,४०० र प्रत्येक वडासदस्यको ७५०० गरी कुल एक लाख ३५ हजार सातसय रुपैयाँ राहत कोषलाई दिने निर्णय गरेको नेपाली कांग्रेस बुद्धशान्तिका सभापति चक्र शेर्माले जानकारी दिनुभयो ।
कोरोना संक्रमित तथा रोकथामका लागि देशभरी लकडाउन भइरहेको अवस्थामा अति विपन्न वर्गका नागरिकलाई राहत वितरण का लागी कोषमा सहयोग गर्न पाउँदा आफूँ लगायत अन्य जनप्रतिनिधी समेत खुशी रहेको गाउँपालिका अध्यक्ष भुजेलले बताउनस भयो ।
नेपाली काँग्रेसले यसअघि पनि गाउँपालिकालाई राहत कार्यमा सहयोगका लागि १२०० केजी चामल दिएको कोषाध्यक्ष मनेष दाहालले बताउनु भयो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारबुद्धशान्तिमा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले एक महिनाको सेवा सुविधा राहत कोषमा दिने
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img