Homeसमाचारसरस्वतीमा एमबीएम र स्नातकोत्तरको अनलाइन कक्षा शुरु

सरस्वतीमा एमबीएम र स्नातकोत्तरको अनलाइन कक्षा शुरु

काठमाडौं २७ चैत । नोबेल कोरोना भाइरस (कोभिड–१९) को भयावहका कारण मुलुक लकडाउनमा परेपछि त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पस सरस्वती बहुमुखी क्याम्पसले अनलाइन माध्यमबाट कक्षा सञ्चालन आरम्भ गरेको छ ।
स्नातकोत्तर तहका कार्यक्रमहरु एमबीएम्, समाजशास्त्र, अर्थशास्त्र, अङ्ग्रेजी, नेपाली विषयका पठनपाठन अनलाइन प्रविधिबाट शुरु गरिएको क्याम्पस प्रमुख डा.गोलमान गुरुङले बताउनुभयो । जूम क्लाउड एप (श्ययm ऋयिगम ब्उउ) प्रविधिबाट कक्षा सञ्चालन हुँदा प्राध्यापक तथा विद्यार्थीहरु अत्यन्तै उत्साहित भएका छन् । एम्बीएम्को कक्षा बिहान तथा स्नातकोत्तर तहका अन्य कक्षाहरु सन्ध्याकालीन समयमा सञ्चालन हुने डा.गुरुङले बताउनुभयो ।
यसैबीच त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटाले कोभिड–१९ द्वारा सृजित परिस्थितिप्रति सबैमा हार्दिक अपिल गर्दै स्थगन गरिएको पठनपाठन डीन र विभागीय प्रमुखहरूको समन्वय तथा शिक्षक र विद्यार्थीहरूको सहमतिमा सम्भव भएसम्म तुरुन्तै वैकल्पिक शिक्षण विधि अनलाइनबाट शुरु गर्न अनुरोध गर्नुभएको छ । अनलाइन माध्यमबाट पठनपाठन गर्दा आवश्यक पर्ने पूर्वाधार विकास, प्राध्यापकहरूलाई चाहिने अभिमुखीकरण तालिम, सहज तथा द्रुत इन्टरनेट उपलब्धताको लागि विश्वविद्यालयले स्रोतको खोजी गरिरहेको उपकुलपति बास्कोटाले बताउनुभयो ।
त्रिभुवन विश्वविद्यालयले अनलाइन माध्यमबाट पठनपाठन गर्न आवश्यक पर्ने नीतिगत निर्णयका लागि प्रक्रियागत रुपमा अगाडि बढाइसकेको छ । अनलाइन माध्यमबाट पठनपाठन गर्न असम्भव भएका वा पूर्वाधार नपुगेका वा प्रयोगात्मक कक्षाहरू पठनपाठन शुरु हुने वित्तिकै अतिरिक्त कक्षा सञ्चालन गरी पूर्णता दिने तथा स्थगन गरिएका परीक्षाहरू लकडाउनको अन्तपछि सहज वातावरण सिर्जना भएपछि क्रमशः नयाँ परीक्षा तालिका बनाई सञ्चालन गर्ने उपकुलपति बास्कोटाको अपीलमा उल्लेख छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसरस्वतीमा एमबीएम र स्नातकोत्तरको अनलाइन कक्षा शुरु
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img