Homeसमाचारबृद्धाश्रममा तरकारीको चिन्ता

बृद्धाश्रममा तरकारीको चिन्ता

झापा १८ चैत । स्वस्थ्य रहनका लागि उमेर अनुसार शरीरलाई आवश्यक क्यालोरीको मात्रा दैनिक पूरा गर्नुपर्छ भनिन्छ, तर परिस्थितिले नै कोल्टो फेरेपछि बाँच्नका नै सतर्कता अपनाउनु भन्दा ठूलो केही हुन्न । नेपालसहित अहिले विश्वमा, कोरोना संक्रमण जोखिमका कारण धेरै देशहरु लकडाउनका अवस्थामा छन् । नेपालमा पनि लकडाउन अवधी बढ्दै जाँदा सामुहिक रुपमा संरक्षणमा राखिएका बृद्धबृद्धाहरुको दैनिकीमा पनि समस्या देखिंदै गएको छ ।

Janaandolan.com – Page 6


विर्तामोडस्थित परोपकार अनुसन्धान बृद्धाश्रममा अहिले त्यही समस्या देखिएको छ । बृद्धाश्रममा अबको एक महिनासम्म खाद्यान्न आवश्यक छैन । दैनिक खरिद गर्नुपर्ने तरकारीको भने समस्या हुन थालेको अध्यक्ष विक्रम मादेनले बताउनु भयो । अध्यक्ष मादेनले भन्नुभयो–‘चामलका लागि चिन्ता छैन तर तरकारी पुर्याउन कठिन भो ।’
अहिले कसैलाई भन्न सक्ने अवस्था पनि नभएको बताउँदै उहाँले भन्नुभयो–‘सबैतिर संकटै संकट छ, चामल भए नून हालेर खोले खुवाएर पनि बचाउन सकिन्छ भन्नेमा छौं, उनले थपे–‘तै पनि बुढाबुढीलाई दालसंगमात्र भात निल्न पनि मुस्किल पर्दोरहेछ, जेनतेन अहिलेसम्म धान्दै आएका छौं । अब चै कठिन पर्ला जस्तो छ ।’
बृद्धाश्रमभित्र रहेका प्रायः अधिकांस कुनै न कुनै रोगको औषधी खाने छन् । औषधीका लागि डाक्टर निरन्तर सम्पर्कमा रहने र आवश्यक औषधी उनले नै लगिदिने गरेका कारण लकडाउनमा औषधी सम्बन्धी समस्या नभएको मादेनले बताए ।
त्यसो त अन्य (नर्मल) अवस्थामा जन्म दिन, बैबाहिक बर्षगाँठ, तिथी, तथा अन्य विविध अवसर पारेर प्रायः दाताहरु बृद्धाश्रम पुगिरहन्थे । दाताहरुको आगमनसंगै बृद्धबृद्धाको मुख मिठो पार्ने, विभिन्न खालका मिष्ठान्न खान पाउँथे, कोरोनाको संक्रमण जोखिमका कारण अहिले कोही त्यहाँ पुग्न छाडेपछि आफू आफूमा हाँसी–मजाक गर्दै–‘गाई, भैसी थाकेछ कि क्या हो’– भन्ने गरेको सुनाए ।
बृद्धाश्रममा हाल ३४ जना बृद्धबृद्धा र ४ जना सेवकसहित ३८ जना आवासिय रहेको बद्री भट्टराईले जानकारी दिनुभयो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारबृद्धाश्रममा तरकारीको चिन्ता
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img