Homeसमाचारकुमरखोदका १ जना आइसोलेसनमा

कुमरखोदका १ जना आइसोलेसनमा

भद्रपुर १६ चैत । कोरोना भाइरससंग मिल्दो लक्षण देखिएपछि झापा कुमरखोदका एकजनालाई सोमबार (आज) मेची अञ्चल अस्पतालको आइसोलेसनमा राखिएको छ ।
१० अघि सिमावर्ती इण्डिया घुमेर आएका ती व्यक्तिमा ज्वरो, रुघामर्घी देखिनुका साथै श्वासप्रश्वासमा पनि असजिलो देखिएपछि उनलाई आइसोलेसनमा राखिएको मेची अञ्चल अस्पतालका कोरोना भाइरस (कोभिड १९) का कोअर्डिनेटर कुलबहादुर पौडेलले जानकारी दिनुभयो ।
ज्वरो आउनुका साथै रुघामर्घी लागेका उनी स्वास्थ्य परीक्षणका लागि विर्तामोडस्थित कनकाई हस्पिटलमा आएका थिए । हस्पिटलले कोरोनासंग मिल्दो लक्षण देखिएपछि मेची अञ्चल अस्पताल रेफर गरेको पौडेलले बताउनु भयो । कोरोना पुष्टिका लागि आजै उनको नमूना संकलन गरिसकिएको छ । संकलित नमूना मंगलबार परीक्षणका लागि पठाइने पौडेलले जानकारी दिनुभयो ।
हाल अञ्चल अस्पतालको आइसोलेसन कक्षमा भद्रपुर–३ का दुईसहित ३ जना रहेका छन् । यसअघि कोरोना आशंकामा आइसोलेसनमा बसेका २ जनाको नमूना परीक्षण नेगेटिभ देखिएसंगै उनीहरु आएसोलेसनबाट डिस्चार्ज भइ होम क्वारेन्टाइनमा रहेको बताइएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारकुमरखोदका १ जना आइसोलेसनमा
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img