Homeसमाचारसमितिद्वारा झापाका विभिन्न बजार तथा उद्योगहरुको अनुगमन

समितिद्वारा झापाका विभिन्न बजार तथा उद्योगहरुको अनुगमन

झापा १८ चैत । आपूर्ति व्यवस्था अनुगमन सहजीकरण तथा नियन्त्रण समितिको टोलीले जिल्लाका विभिन्न ठाउँका बजार अनुगमन गरेको छ ।


कोरोना भाइरस जोखिम संक्रमण नियन्त्रणका लागि मुलुक लकडाउन भएको अवस्थामा बजारमा मूल्य बृद्धिको अवस्थाबारे समितिले मंगलबार विभिन्न तीनवटा टोली बनाएर अनुगमन गरेको हो ।
जिल्ला प्रशासन कार्यालय झापाका निरीक्षक कमल ओझा नेतृत्वको टोली मेचीनगरका काँकरभिट्टा बजार, खाद्य उत्पादन सम्बन्धी सूर्य एग्रो, मेची ग्यास इण्डष्ट्रिज विभिन्न बजार अनुगमन गरेको नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष भीमा शिवाकोटीले जानकारी दिनुभयो ।
मेचीनगरमा जिल्ला प्रशासन कार्यालय झापाका अधिकृत यदु दाहाल, मेचीनगर नगरपालिकाका उपमेयर मीना उप्रेती, उद्योग वाणिज्य संघ मेचीका अध्यक्ष ऋषी तिम्सिना, उपभोक्ता हित संरक्षण मञ्च प्रदेश १ सदस्य याम विमलीसहित काँकरभिट्टा इलाका प्रहरी कार्यालयका डिएसपी राजेन्द्र पोखरेलको टोलीले बजार अनुगमन गरेको हो । अनुगमनका क्रममा कोरोनाका कारण सञ्चालनमा नभएका खाद्य उद्योगलाई सञ्चालन गर्न अनुगमन टोलीले अनुरोध गरेको छ भने मेची ग्यास इण्डिष्ट्रिजमा मापदण्ड अनुसार नै रहेको पाइएको बताइएको छ ।
त्यसैगरी विर्तामोड र कनकाई नगरपालिकामा घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख छविलाल खतिवडा नेतृत्वको टोलीले खाद्य सामग्री तथा तरकारीसहित अत्यावश्यकीय सामग्रीको बजार अनुगमन गरेको छ ।
विर्तामोडमा खाद्य सामग्रीमा मूल्यको खासै फरक नदेखिएपनि तरकारीको मूल्यमा बृद्धि भएको पाइएको बताइएको छ । यसैगरी कनकाईमा टोल विकास समिति परिचालन गरिएका कारण खाद्य सामग्री वितरणमा सहजता हुनुका साथै मूल्य पनि स्थिर पाइएको खतिवडाले जानकारी दिनुभयो ।


विर्तामोड र कनकाईमा लावण्यराज दाहाल, डा. गंगाराम यादव, डा. संजय, विर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतारा प्रसाई, उद्योग वाणिज्य संघ विर्तामोडका अध्यक्ष कुमार भट्टराई, इलाका प्रहरी कार्यालय विर्तामोडका डिएसपी मुकुन्द रिजाल लगायतको सहभागिता रहेको थियो भने कनकाई नगरपालिकामा नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेल, उपप्रमुख मञ्जु दाहाल प्रसाई, उद्योग वाणिज्य संघ सुरुङ्गाका अध्यक्ष त्रिलोचन चिमरिया लगायतको सहभागिता रहेको थियो ।
त्यस्तै झापाका सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राई नेतृत्वको अनुगमन टोलीले बुद्धशान्ति गाउँपालिका र अर्जुनधारा नगरपालिकाको अनुगमन गरेको थियो । अनुगमनका क्रममा औषधी पसलको अनुगमन गरेको थियो । अनुगमनका क्रममा औषधी पसलहरुले कोरोना महामारी चलिरहेका बेला स्वास्थ्यसंग सम्बन्धित पसल तथा व्यवसायीले अपनाउनु पर्ने न्यूनतम मापदण्ड पनि पूरा नगरेको पाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भद्रपुरका प्रमुख भरत पुरीले जानकारी दिनुभयो ।
बुद्धशान्ति र अर्जुनधाराको अनुगमन टोलीमा स्वास्थ्य कार्यालयका अधिकृत इश्वरी पौडेलसहित उद्योग वाणिज्य संघ अर्जुनधाराका अध्यक्ष बसन्त सोमानी लगायत स्थानीय तहका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसमितिद्वारा झापाका विभिन्न बजार तथा उद्योगहरुको अनुगमन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img