Homeसमाचारप्रज्ञाले बाँड्यो सुकुम्बासीलाई चामल, दाल

प्रज्ञाले बाँड्यो सुकुम्बासीलाई चामल, दाल

भद्रपुर १२ चैत्र । भद्रपुर ९ चन्द्रगढी स्थित प्रज्ञा एकाडेमीले सामाजिक उत्तरदायित्व अन्र्तगत झापाको सदरमुकाम चन्द्रगढी क्षेत्रमा रहेका सुकुम्बासी बस्तीका एकसय घर परिवारलाई चामल तथा दाल वितरण गरिएको छ ।

विद्यालयको सौजन्यमा भद्रपुर नगरप्रमुख जीवनकुमार श्रेष्ठको नेतृत्वमा अति विपन्न श्रमिक मजदुर परिवारको दैनिक जीवन गुजारामा समस्या भएपछि प्रति परिवार ५ किलो चामल र आधा केजी दाल वितरण गरिएको हो ।
कोभिड १९ (कोरोना भाइरस) संक्रमण बढ्ने संभावना रोक्न सरकारले चैत्र ११ गतेबाट सुरू गरेको ‘लक डाउन’ का कारण दैनिक ज्यालादारी गरी विहान बेलुका छाक टार्ने श्रमजीवि सुकुम्बासी परिवारले काममा जान नसकेपछि गाँसको समस्याले विकराल रूप लिनु अगाडि नै विद्यालयले सामाजिक दायित्व स्वरूप नगर सरकारसित समन्वय गरी चामल वितरण गरेको संस्थापक÷प्रिन्सिपल इशुभ पाण्डेले जानकारी दिनुभयो ।
चामल वितरण कार्यक्रममा भद्रपुर १० का वडाध्यक्ष टेकबहादुर खड्का काजी, वडा सदस्य तुलसी पोखरेल, भद्रपुर ९ का कार्यवाहक वडाध्यक्ष राम दाहाल वडा सदस्य नुतन पौडेल, विद्यालयका प्रिन्सिपल इशुभ पाण्डे, नगर शिक्षा शाखा प्रमुख प्रेमबहादुर भुजेल, सञ्चारकर्मी द्रोण अधिकारी लगायतको सहभागिता रहेको थियो ।
यस अगाडि सो विद्यालयले १५०० मास्क चन्द्रगढी बजार क्षेत्रमा कोरोना रोग सक्रमण सचेतना अन्तर्गत वितरण गरिएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारप्रज्ञाले बाँड्यो सुकुम्बासीलाई चामल, दाल
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img