Homeसमाचारपत्रिका प्रकाशन स्थगन, विभाग काउन्सिल र महासंघमा ध्यानाकर्षण

पत्रिका प्रकाशन स्थगन, विभाग काउन्सिल र महासंघमा ध्यानाकर्षण

झापा ११ चैत । दैनिक तथा साप्ताहिक पत्रिका प्रकाशन तथा वितरणमा कठिनाई भएको निष्कर्ष निकाल्दै झापाका दैनिक तथा साप्ताहिक पत्रिकाका सम्पादकहरुको मंगलबार सम्पन्न भेलाले चैत्र १८ गतेसम्म प्रकाशन स्थगन गर्ने सामुहिक निर्णय गरेका छन्
झापाबाट प्रकाशित दैनिक तथा साप्ताहिक पत्रिकाका सम्पादकहरुको विर्तामोडमा सम्पन्न भेलाले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९ को संक्रमण नेपालमा पनि देखा परिसकेको र त्यसबाट बच्न नेपाल सरकारले लकडाउन गरेको अवस्थामा पत्रिका प्रकाशन तथा वितरणमा कठिनाई भएको निष्कर्ष निकाल्दै पत्रिका प्रकाशन र वितरण कठिनाईबारे सूचना विभाग, प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघ केन्द्रको ध्यानाकर्षण समेत गराएको छ ।
लकडाउनका कारण सबै क्षेत्र बन्द रहेकोले न्यूज पेपर प्रिन्टका लागि आवश्यक छपाई सम्बन्धीका सामग्रीको अभाव हुनुका साथै रिपोर्टिङ लगायत पत्रकारिता कर्मलाई सुरक्षित बनाउनुपर्ने, वितरणका लागि कर्मचारी घरघरै खटाउनु पर्ने र उक्त कार्य अहिलेको अवस्थामा असंभव ठहर गर्दै पत्रिका प्रकाशन स्थगन गर्नु बाध्यता भएको जनाइएको छ ।
नागरिकलाई सूसुचित गराउनका लागि छापाबाहेक अन्य माध्यमलाई सक्रिय बनाउनु पर्नेमा जोड दिएको भेलाले रिपोर्टिङमा खटिने पत्रकारलाई पासको व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालय समक्ष माग गर्ने बताइएको छ ।
भेलाले पत्रिका प्रकाशन र वितरणमा परेको समस्याबारे विभागको ध्यानाकर्षण गराउँदै भनेको–‘न्युजप्रिन्ट, मसी, प्लेट, केमिकल, इन्धन लगायतका सामग्रीहरु अभाव हुँदा पत्रिका छपाइमा असहज परिस्थितिमा लकडाउन आदेश अवधिभर दैनिक पत्रपत्रिका प्रकाशित हुन् भएको कठिनाईका कारण चैत महिनाभरको पत्रिकाको पीडिएफ कपी प्रेस काउन्सिलको वेबसाइटमा अपलोड नभएपनि र क्षेत्रीय सूचना केन्द्रमा पत्रिका नपुर्याए पनि हुने सुविधा दिइनुपर्ने, सोही अवधीको पीडिएफ सूचना केन्द्र वा काउन्सिलमा दर्ता नगरेको भएपनि लोककल्याणकारी विज्ञापन वापतको रकम उपलब्ध गराइनुपर्ने, कोरोना समस्याका कारण बन्द भएका पत्रिकाको बार्षिक अंक तालिका कम भएपनि काउन्सिलले मूल्याङ्कनमा मान्यता दिइनुपर्ने तथा बर्गिकरण संपरिक्षणमा चैत महिनाको पत्रिकाको अंक अपुग भएपनि त्यसलाई मान्यता दिइयोस् ।
पत्रिका प्रकाशन तथा वितरणमा समस्या देखिएपछि पूर्वाञ्चल दैनिकका सम्पादक एकराज गिरीको संयोजनमा सम्पन्न भेलामा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष तारामणि सापकोटा, सचिव सन्तोष आचार्य, पूर्वाञ्चल दैनिकका सम्पादक गिरी, व्यवस्थापक चन्द्रकान्त ढकाल, सम्पादक जनसंसद दैनिकका मुक्ति पौडेल, प्रतिदिन दैनिकका राजेन्द्र्र गौतम, न्यू मेची टाइम्स दैनिककी शुशिला संग्रौला, इजलास दैनिकका प्रदिप परियार साप्ताहिक पत्रिका सञ्जालका सचिव राजु पाठक लगायतले सामुहिक हस्ताक्षर गर्दै भेलाको निष्कर्ष सार्वजनिक गरिएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारपत्रिका प्रकाशन स्थगन, विभाग काउन्सिल र महासंघमा ध्यानाकर्षण
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img