
विर्तामोड ११ चैत । मंगलबार विहानदेखि नेपाल लकडाउनको अवस्थामा छ । विश्वमा तीब्र गतिमा फैलिइरहेको कोरोना भाइरस विरुद्ध लड्नका लागि सरकारले घोषणा गरेको लकडाउनलाई आम जनताले स्वागत गरेका छन् । विश्वका आर्थिक रुपमा ठूला मानिएका मुलुकलाई कोरोनाले तहस नहस बनाइरहेका बेला नेपालले सावधानी अपनाउँदै लडडाउन घोषणा गरेको हो ।
सरकारले अत्यावश्यक काम र अत्यावश्यक सेवाबाहेक सबै सेवा बन्द गरेको छ । तर, बढी भिडभाड हुने ठाउँ विर्तामोडस्थित कृषि उपज बजारको यो दृष्यले लकडाउनलाई बेवास्ता गरेको स्पष्ट हुन्छ ।
घरैमा बस्ने, अत्यावश्यक काम परेर बाहिर निस्कनै परेपनि सावधानीपूर्वक माक्स लगाएरमात्र बाहिर निस्कने, कम्तिमा पनि आपसको दुरी एकमिटर भन्दा परै रहने जस्ता सुरक्षा सचेतना सार्वजनिक भइरहँदा कृषिथोक भित्रको भीडले त्यो सावधानीसम्म अपनाएको पाइन्न भने निर्वाध रुपमा अत्यावश्यक र अन्य पसलहरु खुलेका थिए । बाहिर मुख्य सडक बन्द भएपनि भित्र बजार भने खुल्ला देखिन्थ्यो । तस्विरमा मंगलबार विर्तामोडस्थित कृषि उपज बजार ।


कृषि उपज बजारबाट फर्कर्दै उपभोक्ता ।

































































































