
विर्तामोड ९ चैत । कोरोना भाइरसको विश्वब्यापी फैंलदो महामारीबाट बच्न र बचाउनका लागि विर्तामोड उद्योग वाणिज्य संघले पसल, व्यवसाय तथा उद्योग कलकारखाना आइतबारदेखि नै बन्द गर्न आह्वान गरेको छ ।
संघले विश्वमा सिर्जित विसम परिस्थितिलाई मध्यनजर गर्दै महामारीबाट बच्ने उपाय सेल्फ क्वारेन्टाइन भएको निष्कर्ष निकाल्दै विर्तामोड क्षेत्र भित्रका उद्योगी व्यवसायी, व्यापारीहरुलाई यस्तो आह्वान गरेको हो ।
संघका अध्यक्ष कुमार भट्टराई र महासचिव प्रशान्त भण्डारीले संयुक्त रुपमा सार्वजनिक सूचना प्रकाशन गर्दै नेपाल सरकारको आव्हान तथा स्थानीय सरकारको अनुरोधलाई समेत मध्यनजर गर्दै अत्यावश्यक सेवा बाहेकका अन्य सबै पसल तथा व्यवसाय बन्द गर्न आह्वान गरेका हुन् ।
































































































