Homeसमाचारके हो लकडाउन ?

के हो लकडाउन ?

मंगलबार विहानदेखि नेपाल लकडाउनको अवस्थामा छ । विश्वमा तीब्र गतिमा फैलिइरहेको कोरोना भाइरस विरुद्ध लड्नका लागि सरकारले घोषणा गरेको लकडाउनलाई आम जनताले स्वागत गरेका छन् । विश्वका आर्थिक रुपमा ठूला मानिएका मुलुकलाई कोरोनाले तहस नहस बनाइरहेका बेला नेपालले सावधानी अपनाउँदै लडडाउन घोषणा गरेको हो ।
तर लकडाउनमा के गर्ने के नगर्ने ? भन्ने कुराबारे स्पष्ट भएको पाइन्न । लकडाउनलाई कफर््यु नै हो भनेर बुझेका छन् । तर, लकडाउन कफर््यु भने होइन । यो बेलामा अत्यावश्यक बाहेकका काम गर्न, यात्रा गर्न र गाडी चलाउन रोक लगाइन्छ । मानिसलाई घरबाहिर निस्किन नदिने र अत्यावश्यक सेवा सञ्चालन मात्र गर्न दिइन्छ ।
सुरक्षामा चुनौती देखिए कर्फ्यु लगाइन्छ । तर सुरक्षा बाहेकका अरु कारणले मानिसको ओहोर–दोहोरमा रोक लगाउनु परे लकडाउन गरिन्छ । लकडाउन संक्रामक रोग ऐन (२०२०) अनुसार केन्द्रीय सरकार तथा प्रदेश सरकारले गर्न सक्छ ।
तर कर्फ्यु स्थानीय प्रशासन ऐन अनुसार जिल्ला सुरक्षा समितिबाट निर्णय गराएर प्रमुख जिल्ला अधिकारी (सीडीओ) ले लगाउन सक्छ ।
लकडाउन कर्फ्यु जस्तो कडा हुँदैन ।
तर ‘लकडाउन’ को आदेश पालना नगर्नेलाई कानूनी कारवाही हुन्छ । कोरोना भाइरसको संक्रमणबाट बच्न र बचाउनका लागि सरकारले लकडाउन घोषणा गरेको हो ।
लकडाउनका बेला के गर्ने, के नगर्ने ?
# यो बेलामा औषधी उपचार, खाद्यवस्तु खरिद जस्ता अत्यावश्यक काम बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन प्रतिबन्ध लगाइन्छ ।
# अनुमति प्राप्त गाडी, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्ने बाहेक सबै प्रकारका सार्वजनिक वा निजी गाडी चलाउन पाइने छैन ।
# सुरक्षा निकायबाट प्रयोग हुने हवाइ उडान र तोकिएका अन्य उडान बाहेक अन्य सबै व्यावसायिक उडान बन्द हुन्छ ।
# स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापन जस्ता अत्यावश्यक सेवा बाहेक अन्य कार्यालय सञ्चालनार्थ आवश्यक कर्मचारी बाहेकलाई बिदा दिइन्छ ।
# औषधी तथा स्वास्थ्य उपकरण, खाद्यवस्तु, खानेपानी, दूध, इन्धन उत्पादन गर्ने उद्योगबाहेक निजी क्षेत्रबाट सञ्चालित अन्य उद्योग, कलकारखानामा काम गर्ने श्रमिक, कर्मचारीलाई सम्बन्धित उद्योगले बिदा दिने व्यवस्था मिलाउँछ ।
# व्यवसायीले औषधि र औषधीजन्य सामग्रीको नियमित आपूर्तिको व्यवस्था गर्ने, अभाव देखाइ मूल्यवृद्धि गर्ने वा कालोबजारी, जम्माखोरी गर्ने वा लुकाउने वा आपूर्तिमा अवरोध गर्ने व्यक्तिलाई प्रचलित कानुन बमोजिम नियन्त्रणमा लिने, सामग्री जफत गरी रोगको रोकथाम र उपचारको कार्यमा उपयोग गर्ने ।
(२). (क) विशेष व्यवस्था गर्ने प्रदेशको अधिकार
सङ्क्रामक रोग ऐन, २०२०
१. प्रदेशभर वा त्यसको कुनै भागमा कुनै संक्रामक रोग उब्जेमा वा फैलिएमा वा फैलिने सम्भावना देखिएमा प्रदेश सरकारले त्यो रोग निर्मूल गर्न वा रोकथाम गर्न आवश्यक कारबाही गर्न सक्नेछ र सर्वसाधारण जनता वा व्यक्तिहरुको समूह उपर लागु हुने गरी आवश्यक आदेश जारी गर्न सक्नेछ ।
२. प्रदेश सरकारले प्रदेशमा उब्जेको वा फैलिएको वा फैलिने सम्भावना भएको कुनै सङ्क्रामक रोग निर्मूल गर्न वा त्यो रोग रोकथाम गर्नको लागि आवश्यक व्यवस्था मिलाउन कुनै अधिकारीलाई मुकरर गरी आवश्यक अधिकार सुम्पन सक्नेछ ।
३. उपदफा १ वा २ को सर्वसामान्यतामा प्रतिकूल असर नपर्ने गरी प्रदेश सरकारले पैदल वा जुनसुकै सवारीको साधनबाट यात्रा गर्ने यात्रुको जाँच गर्न र त्यस्ता यात्रुलाई कुनै सङ्क्रामक रोग लागेको छ भन्ने शङ्का लागेमा जाँचबुझ गर्न खटिएको कर्मचारीले त्यस्तो यात्रुलाई अस्पताल तथा अन्य स्थानमा अलग गरी राख्न वा कुनै किसिमबाट ल्याउन लैजान वा यात्रा गर्नमा समेत निरीक्षण र नियन्त्रण गर्नको लागि आवश्यक आदेशहरु जारी गर्न सक्नेछ ।
४. यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि दफा २ बमोजिम नेपाल सरकारले आदेश जारी गरिसकेको अवस्थामा प्रदेश सरकारले यस दफा बमोजिम आदेश जारी गर्नुपर्ने छैन र त्यस्तो आदेश प्रदेश सरकारले समेत कार्यान्वयन गर्नेछ ।
५. यस दफा बमोजिम प्रदेश सरकारले आदेश जारी गरेको जानकारी नेपाल सरकारको सम्बन्धित मन्त्रालयलाई तुरुन्त दिनु पर्नेछ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारके हो लकडाउन ?
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img